लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

एप्पलले हटायो टिकटक,क्यापकट,मार्भल स्न्यापसहित बाइटडान्सका ११ एप

एप्पलले टिकटकसहित बाइटडान्सले विकास गरेका ११ वटा एपहरू पनि हटाएको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र यसका सहायक कम्पनीहरूले विकास गरेका ११ वटा एपहरू हटाएको हो । 

कम्पनीले टिकटक, टिकटक स्टुडियो, टिकटक सप सेलर सेन्टर, क्यापकट, लेमन ८, हाइपिक, लार्क – टिम कोलाबोरेसन, लार्क – रूम्स डिस्प्ले, लार्क रुम्स कन्ट्रोलर, गुथः एआई स्टडी च्याम्पियन र मार्भल स्न्याप हटाएको एप्पलले जानकारी दिएको छ । 

अमेरिकी कानुनको पालना गर्दै यी सबै एपहरूलाई ब्लक गरेको कम्पनीको भनाइ छ । यसअघि नै डाउनलोड गरेका व्यक्तिको मोबाइलमा भने यी एप रहने छन् । तर पुनः डाउनलोड गर्न र अपडेट गर्न पनि सक्ने छैनन् । इन एप पर्चेचेज र नयाँ सब्सक्रिप्सनको सुविधा पनि पाइने छैन् । साथै अमेरिका भ्रमणमा जाने अन्य देशका प्रयोगकर्ताले एप डाउनलोड गर्न, अपडेट र इन पर्चेज गर्न पाउने छैनन् । 

गत वर्ष पारित भएको अमेरिकी कानुनहरू टिकटकसँग अमेरिकाको स्वामित्व बेच्नुपर्ने वा पूर्ण रूपमा बन्द गर्नुपर्ने विकल्प थियो । अहिलेलाई कम्पनीले दोस्रो विकल्प रोजेको हो । त्यसैकारण अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेको हो ।


प्रकाशित : २०८१ माघ ६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप