लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

चार घन्टामै ‘पीसीआर रिपोर्ट’ आउने नयाँ मेसिन भित्र्याइयो

स्वास्थ्य मन्त्रालय र यस मातहतका निकाय कोरोना रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री खरिद प्रकरणमा पटक–पटक मुछिँदै आएका छन् ।ओम्नीले ल्याएका करोडौं मूल्य पर्ने पाँचओटा ‘पीसीआर’ मेसिन त ‘रिपोर्ट’ नै नआउने भन्दै विभिन्न प्रदेशमै थन्किएका छन् ।

मन्त्रालयले अहिले फेरि चार घन्टासम्ममा रिपोर्ट आउनसक्ने नयाँ प्रविधि भित्र्याएको छ ।

कोभिड–१९ को प्रकोप बढ्दै गएसँगै स्वास्थ्य सेवा विभागले ओम्नीसँग १४ प्रतिशत अधिक मूल्यमा सामग्री खरिद गर्ने निर्णय गर्‍यो ।

१० प्रतिशत सामग्रीमात्रै नेपाल भित्रिएको र समयमै सामान ल्याउन नसक्ने भनेर ओम्नीले नै भनेपछि र गुणस्तरसम्बन्धी पनि प्रश्न उठेपछि कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरियो ।

सोही दिनको मन्त्रिपरिषद् बैठकले सरकार–सरकार (जीटुजी) सम्झौता गरेर स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गर्‍यो । यो प्रक्रिया पनि विवादरहित रहन सकेन ।

नेपाली सेनाले पनि रक्षा मन्त्रालयकै निर्देशनमा स्वास्थ्य सामग्री नेपाल भित्रिनुभन्दा एक महिनाअघि नै भुक्तानी गर्‍यो । तर, ती सामग्री न ‘डब्ल्युएचओ’को मापदण्डका थिए, न त ‘आइएसओ’को अनुसारै ।

त्यसपछि भारतीय कम्पनीसँग खरिद गरिएका सामग्री पनि न्यून गुणस्तरका बाबजुद् ती सामग्री हालसम्म प्रयोग भइरहेको स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

विभागलेमात्रै स्वास्थ्य सामग्रीका लागि हालसम्म २७ आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिसकेको छ ।

पीपीई, मास्क, ग्लोब्स, थर्माेमिटर तथा प्रयोगशालाका लागि आवश्यक पर्ने एक अर्ब २० करोड बराबरको स्वास्थ्य सामग्री खरिद गरिसकेकोे छ ।

गत फागुन १९ पछि सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाालाकै मागअनुसार ओम्नीमार्फत् पाँचओटा पीसीआर मेसिन खरिद गर्‍यो । विभिन्न प्रदेशमा पठाइयो पनि । तर, ती मेसिनको कम क्षमता तथा रिपोर्टसमेत समयमै नआउने भन्दै फिर्ता गरियो ।

करोडौं मूल्य पर्ने ती पीसीआर मेसिन जनकपुरबाट काठमाडौं नै फिर्ता गरियो भने अन्य प्रदेशका ल्याबमै थन्किएर बसेका छन् । विभाग अझै यी मेसिनको व्यवस्थापनमा लागेको छ ।

व्यापक विरोधका बाबजुद् विभागले आरडीटी किटसमेत खरिद गरेर प्रयोग गरी छाड्यो । अहिले भने विभागले चार घन्टामै पीसीआर रिपोर्ट आउने प्रविधि भित्र्याएको छ ।

स्वास्थ्य सामग्री खरिद प्रकरण अहिले संसदको लेखा समितिको अध्ययनको दायरामा रहेको छ ।

विभागको यो उपकरण खरिदको निर्णय र प्रक्रिया भने विवादित नभइ कोरोना नियन्त्रणमा लाभकारी हुने अपेक्षा गरिएको छ ।


प्रकाशित : २०७७ श्रावण ७ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप