लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

ड्रोन क्यामेराबाट वन अनुगमन सुरु

हेमनाथ खतिवडा / रसुवा, वर्षेनी वनमा लाग्ने डँढेलोको जोखिमलाई न्यूनीकरण गर्न रसुवा जिल्लाका सामुदायिक वनमा अब ड्रोनबाट अनुगमन सुरु गरिएको छ ।

डिभिजन वन कार्यालयले वन डँढेलोको जोखिमलाई न्यूनीकरण गर्नका लागि आधुनिक प्रविधिको प्रयोग मार्फत अनुगमन गर्न थालेको हो । वनभित्र हुने अवैध गतिबिधि नियन्त्रण गर्ने उद्देश्यले अब ड्रोन अनुगमन सुरु गरेको हो ।
कहाँ कसले वनमा आगलागी गर्दैछ वा संकास्पद गतिबिधि पहिचान अब टाढाबाटै ड्रोनले गर्ने छ । वनमा सुरु हुन लागेको आगलागीको पहिचान गरी आगो फैलिएको क्षेत्र मापन गर्न र वन्यजन्तुहरूको संख्या र गतिविधि, दुर्लभ प्रजातिको निगरानी गर्न अवैध गतिविधि पत्ता लगाउन सकिन्छ ।
वन क्षेत्रमा हुने सम्भावित आगलागीको समयमै पहिचान, क्षतिको यथार्थ मूल्याङ्कन तथा आगो लागेपछि त्यसको स्रोत पहिचान गर्नपनि ड्रोनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले बताए ।
‘वनमा वर्षेनी डँढेलो लाग्छ । कहाँ, कसले र कसरी आगो लगाउदै छ भन्ने विषयमा तथ्य सङ्कलन गर्न ड्रोन प्रविधि प्रभावकारी हुने विश्वास गरिएको छ ।’ सव डिभिजन वन कार्यालय थाम्बुचेतका विकास जिसीले जानकारी दिए । सवैकर्मचारीलाइ ड्रोन सञ्चालन तालिम समेत दिएर कार्यलयमा रहेको १ ड्रोनलाइ जिल्लाभर फिल्डमा पालाे गरी समेत उपयोग गर्ने योजना बनेको छ ।
ड्रोनले १० किमी टाढाको समेत दृष्य र तस्वीरहरू स्पस्ट लिन सक्ने भएकोले सदरमुकाम वा बेत्रावती र थाम्बुचेतमा रहेका सव डिभिजन कार्यालयबाट बिभिन्न किसिमले वनको गतिविधि अनुगमन गर्न यसवर्षदेखि ड्रोनको व्यवस्था गरी वन जंगलको अनुगमन थालिएको तामाङले बताए ।
वन डढेलो नियन्त्रणमा सबै पक्षको समन्वय अपरिहार्य रहेको र यसवर्षदेखि ड्रोनको प्रयोगसँगै वन डढेलो नियन्त्रणको कार्य अझै प्रभावकारी हुने र यसले वन संरक्षणमा नयाँ आयाम थप्दै प्राकृतिक स्रोतको दीगो व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको अधिकृत तामाङले बताए ।


प्रकाशित : २०८२ चैत्र ११ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप