लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

केही काला रातहरु निस्सासिदै काट्नु पर्छ

केही काला रातहरु निस्सासिदै काट्नु पर्छ
भोलि प्रभात हास्छ भने विष पिउन आट्नु पर्छ

धर्म पनि पाप हुन्छ आतङ्कको साम्राज्यमा
बाघले पनि स्यालको गोडा बाध्य भई चाट्नु पर्छ

थिलो थिलो भयो मान्छे मान्छेबाटै आघात पर्दा
पीडितले नै पीडितको अब पीडा साट्नु पर्छ

कोही मान्छे माथि पुगे कोही मान्छे तलै रहे
सबै मान्छे समान भएनन् अब वर्ग बाँड्नु पर्छ

तेस्रो आकाश खोज्नु पर्छ मनको आकाश चिथोरेर
चट्याङ पर्छ भने परोस् अब बादल फाट्नु पर्छ ।।
श्रेष्ठ प्रिया पत्थर


प्रकाशित : २०७९ कार्तिक २६ शनिबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement