लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

नेपाल र युएईबीचको टी-२० शृंखला आजदेखि

नेपाल र युएईबीचको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला सोमबार सुरू हुँदैछ। २ खेलको शृङ्खलाको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजे सुरू हुनेछ।

नेपालमा पहिलो पटक फ्लटलाइटमा अन्तर्राष्ट्रिय क्रिकेट हुन लागेका हाे। फ्लटलाइट जडानपछि गत संस्करणको एनपीएल भएको थियो।

त्यसैले, यस शृङ्खलालाई ‘अन्डरलाइट ट्वान्टी २० सिरिज’ नाम दिइएको छ। यो शृंखलामा नेपाली टोलीको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। नियमित कप्तान रोहित पौडेलसहित केही सिनियर खेलाडीलाई आराम दिँदै नेपाल क्रिकेट संघ (क्यान)ले युवा खेलाडीलाई यो सिरिजमा मौका दिएको छ।

याे ऐतिहासिक क्षणलाई नेपाली टाेलीले जितसहित स्वागत गर्ने चाहान्छ। युएई पनि जितकाे लक्ष्य लिएर प्रतिस्पर्धा उत्रिनेछ।

शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ। मंगलबारको खेल पनि साँझ सुरू हुनेछ।


प्रकाशित : २०८३ बैशाख ७ सोमबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement