लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच छलफलको तयारी

नेकपा स्थायी कमिटीको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ । छलफल केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा केन्द्रित हुने बताइएको छ ।स्थायी कमिटीको बैठक ११ बजे बस्दै छ । दुई अध्यक्ष बीचको भेटवार्ताको समय भने टुंगो लागेको छैन ।

नेकपाभित्रको विवाद स्थायी कमिटीबाट समाधान हुन नसकेपछि ओली इतर समूह केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको छ । त्यसमा सहमत गराउन प्रचण्डले ओलीलाई भेट्न लागेको बताइएको छ ।

बिहीबार ओली, प्रचण्ड र माधव नेपाल पक्षबीच बालुवाटारमा छलफल भइसकेपछि दुवै पक्षका नेताहरु अलग–अलग छलफलमा जुटेका थिए ।

प्रचण्ड–माधव नेपाल पक्षको खुमलटारमा भएको भेलाले केन्द्रीय कमिटी बोलाउने निष्कर्ष निकालेको थियो । यसैगरी बालुवाटारमा भेला भएका ओली निकट नेताहरुले प्रचण्ड–नेपाल पक्षको कडा प्रतिवाद गर्ने निर्णय गरेका थिए । उनीहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने र हरेक परिस्थितिको सामना गर्ने निष्कर्षसमेत निकालेका छन् ।

नेकपा स्थायी कमिटीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका नेताहरुले ओलीको कार्यशैली ठीक नभएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका छन् । यससँगै नेकपामा विवाद चर्किएको छ । गत असार २६ गतेपछि एक सातासम्म बैठक स्थगित गरेर सहमतिको प्रयास गरिए पनि विवाद समाधान भएको छैन ।


प्रकाशित : २०७७ श्रावण २ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप