लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सुरक्षाकर्मी नै लागुआैषध काराेबार संलग्नमा खक्राैला बाट सशस्त्र प्रहरीका हवल्दार पक्राउ

भिम वि. क. खक्राैला / लागुऔषधको काराेबार गर्नेमा पछिल्लोपटक सुरक्षाकर्मीहरु नै लागुऔषध अाेसारपसारमा संलग्न रहेको तथ्य बाहिर आएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले शनिबार भारतीय बजार तिकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो । लागुऔषध खैरो हेरोइन सहित सशस्त्र प्रहरीका हवल्दार प्रेमसिंह सुनार सहित दुई जनालाई टिकापुर प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले सशस्त्र प्रहरीका हवल्दार सुनारसहित लम्किका सागर घिमिरेलाई खक्रौला नाकाबाट दिउँसो पाँच बजेकाे समयमा पक्राउ गरेको हो ।
लम्कीचुहा२ मोतिपुरका ३३ वर्षीय सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए । सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार बैशाख १४ गतेदेखि लागु हुने गरी १५ दिनको विदामा आएका बेला हेरोइनसहित पक्राउ परेका हुन् ।
हवल्दार सुनारसँगै २६ वर्षीय सागर घिमिरेले तिकुनियाँबाट लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी कालाकुण्डाले पक्राउ गरेको हो । सुनारले ९ शय १० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्धारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी भाटले बताए ।
सीमा क्षेत्रबाट हुने लागुऔषधको तस्करीमा सुरक्षाकर्मीको संलग्नता देखिएपछि स्थानीयबासी चिन्तित बनेका छन् । पक्राउ परेका हवल्दार सुनार सशस्त्र प्रहरीकाे हवल्दार हुँ भन्दै पटकपटक भारतीय बजार तिकुनियाँ जाने गरेकोले उनलाई प्रहरीले शंकाकाे घेरामा लिएको थियो एक प्रहरीले सुदुर सन्दर्भ डटकमलाइ भने । यश अघि पनि भजनि बाट नेपाल प्रहरीको जवानलाई सशस्त्र प्रहरीले ३० ग्राम लागू अाैषध सहित पक्राउ गरेको थियो ।
पछिल्लोपटक सिमानामा दैनिक जसाे घाँस काट्न जाने, चाैपाया लिएर जाने, खेतीपाती स्याहार्न जाने वृद्ध महिलालाई लागू अाैषध काराेबारिले प्रयोग गर्ने गरिएको बताइन्छ ।
केही हप्ता अघि मात्रै भजनि क्षेत्र बाट एक वृद्ध महिलाको गुप्ताङ्ग लुकाएर राखेको अवस्थामा ३० ग्राम लागू अाैषध सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।
‘मलद्धारमा लुकाई छिपाई ल्याउँदै गरेका सुरक्षाकर्मी नै लागुऔषधमा संलग्न रहेको पाइयो’ डीएसपी भाटले भने ‘लागुऔषध नियन्त्रणका लागि हामी कठोर रुपमा प्रस्तुत भइरहेका छौं, स्थानीयको सहयोग पाए नियन्त्रणमा हुनेछ ।’
डीएसपी भाटले लागुऔषध नियन्त्रणमा सक्रियता देखाएका छन् । गत माघ २५ गते टीकापुर पुगेका भाटले हालसम्म लागुऔषधमा २३ वटा मुद्दा दर्ता गरेका छन् भने ४१ जनालाई पक्राउ गरेका छन् ।


प्रकाशित : २०८० बैशाख २३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप