सत्ति / टीकापुर –७ सत्ति स्थित नोबल पब्लिक स्कुल सत्तिका सस्थापक तथा सहायक प्रिन्सिपल हरि ठकुल्लाको सोमबार निधन भएको छ । टीकापुर नगरपालिका वडा नं – ८ सुर्यपुरका स्थायी बासिन्दा रहेका ३२ वर्षका उनी जन्डिस र कलेजो सम्बन्धि रोग बाट पिडित रहेका थिए । उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार गर्ने क्रममा आज दिउँसो साढे तिन बजे निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
शैक्षिक क्षेत्र संगै स्थानिय सामाजिक संघसंस्थामा सक्रिय रहने स्व.ठकुल्लाका १ छोरा १ छोरी छन् । स्व.ठकुल्लाको असामयिक निधनले यहाँको शैक्षिक तथा सामाजिक क्षेत्रमा अपुरणिय क्षति भएको सामाजिक अगुवा धनसिंह साउँदले बताए । उनको भोली (मंगलबार) कणाली नदीमा दाह संस्कार गरिने जनाइएको छ । स्व. ठकुल्लाकाे असामयिक निधनप्रति टिकापुर नगरक्षेत्र भित्रका प्याब्सन अाबद्द विद्यालय मंगलबार बन्द रहने प्याब्सन टिकापुरका नगर सचिव देवेन्द्र शाहले जनाएका छन् ।