लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

प्रहरीको मोटरसाइकल लिएर अस्पतालबाटै कैदी भागे, प्रहरी जवान थुनामा

सन्दर्भ डेस्क ,सत्ति / दाङमा जन्मकैद सजाए भक्तानी गरिरहेका एक जना कैदी प्रहरीकै मोटरसाइकल लिएर भागेका छन् ।

घोराही कारागारमा जन्मकैद सजाय भोगीरहेका राजपुर गाउँपालिकाका कैदी जयराम परियार प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भाग्न सफल भएका हुन् ।

परियारले आफु बिरामी रहेको बताएपछि घोराही कारागारका जेलरकै अनुमतिमा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनबहादुर चौधरीले उपचारका लागि प्रहरीकै बाईकमा आफै हालेर कैदी परियारलाई अस्पताल लगेका थिए ।

घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि आफै प्रहरी जवान चौधरीले आफै मोटरसाइकल चलाई जेलका नाईके समेत रहेका परियारलाई पछाडि हालेर लगेको र उपचारकैक्रममा प्रहरीकै मोटरसाइकल सहित कैदी भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

कारागारमा प्रहरी र सेना दुबै हुने भएपनि कैदीलाई उपचार गर्न प्रहरीले नै लैजाने गरेको भन्दै उनले सोही क्रममा प्रहरी जवानले जेलको नाइके परियारलाई हत्कडी नलगाई आफै मोटरसाइकलमा हालेर उपचारलाई लिएर अस्पताल गएको बेला कैदी भागेको बताए । उपचारका लागि बिहान साढे १० बजे प्रहरी जवान चौधरीले कैदीलाई अस्पताल पुर्याएका थिए ।

कैदी प्रहरीकै मोटरसाइकल सहित भागेको बेलुकी ४ बजे मात्रै जिल्ला प्रहरी कार्यालय दाङले खबर पाएको थियो । एसपी काफ्लेले जिल्लाको सबैनाका बन्द गरेर भागेका कैदीको खोजी कार्य जारी रहेको बताए ।

दाङ जिल्ला अदालतले ज्यानमार्ने कसुरमा परियारलाई २० बर्ष कैदको सजाय गर्ने फैसला गरेकोमा उनले ७ बर्ष कैद भुक्तानी गरेको र १३ बर्ष कैद भुक्तान गर्न बाँकी रहेको छ । एसपी काफ्लेले प्रहरीको मोटरसाइकल सहित कैदी भगाएको आरोपमा प्रहरी जवान चौधरीलाई नियन्त्रणमा लिएर थुनामा राखेको र कानुन बमोजिम कारबाही हुने बताएका छन् ।


प्रकाशित : २०७८ पुष ९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप