अमरुल्लाह रैन, धनुषा / धनुषा जिल्लाको सबैला नगरपालिकाको वडा नम्बर १२ स्थित हुलाकी राजमार्गमा गुडिरहेको टेम्पुमा आगलागी भएको छ ।
सोमबार दिउँसो ३ बजे सबैला बजार बाट चिमरिया जाँदै गरेको प्रदेश २-०२-००२ह १०८२ नम्बरको टेम्पुमा आगलागी भएको हो ।
टेम्पाेमा ५ जना यात्रु सवार रहेका थिए भने १ जना सामान्य घाइते भएको स्थानीयले बताए ।
आगलागी बाट टेम्पाेमा छति भएको छ भने सवार यात्रुक
ाे कपडा जलेर नष्ट भएको छ । आगलागी भएको थाहा भएपछि यात्रुले पानिले निभाएको छ ।
प्रकाशित : २०७८ माघ १० सोमबार प्रकाशित