लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

खक्राैला भन्सार बाट राजस्व सङ्कलन कम हुँदै

सत्ति / खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ ।
कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले सीमानाकामा आवागमन सहज भएसँगै चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको हो ।

भन्सार कार्यालय सत्तीका प्रमुख विमल शाहले खुला सीमाका कारण आवागमनमा सहज हुन थालेपछि चोरी–तस्करीबाट सामानको आयात हुन थालेपछि राजस्व सङ्कलनमा कमी आएको बताए । “साउन, भदौतिर मोहोना नदीबाट सहजरूपमा आवतजावत हुँदैन । त्यस समयमा भन्सारबाट सामान भित्रिने भएका कारण चोरी–तस्करी कम हुन्छ र राजस्वमा वृद्धि भएको देखिन्छ”, कार्यालय प्रमुख शाहले भने, “अहिले नदीबाट सहज आवतजावत हुनु र सीमा पूर्णरूपमा खुला भएकै कारण पनि राजस्व सङ्कलनमा निकै कमी आएको छ ।” उनले सीमानाकामा रहेको सशस्त्र प्रहरीको निगरानी कम भएका कारणले पनि चोरी–तस्करीका घटना बढ्दै गएको बताउँदै प्रहरीको काम नै चोरी–तस्करी कम गर्ने भए पनि त्यसमा प्रहरीको चासो कम भएको बताए ।
भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले पुसमा १ करोड ७७ लाख ६६ हजार राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकामा रु ६९ लाख ५४ हजार ४१५ मात्रै सङ्कलन भएको छ । भन्सार कार्यालयले असोज देखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन । असोजमा १ करोड ६५ लाख ५० हजार, कात्तिकमा १ करोड ७३ लाख ७६ हजार र मङ्सिरमा १ करोड ७६ लाख ५२ हजार राजस्व उठाउने लक्ष्य राखेकामा असोजमा १ करोड २० लाख ८३ हजार १२, कात्तिकमा १ करोड ९ लाख ५ हजार ४ सय ४७ र मङ्सिरमा १ करोड १० लाख ९६ हजार १ सय ९४ राजस्व सङ्कलन गरेको छ । प्रतिशतमा पनि असोजमा ७३, कात्तिकमा ६२ दशमलव ७६, मङ्सिरमा ६४ र पुसमा ३९ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।

चालु आवको साउन र भदौमा भने भन्सारमा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख शाहले बताए । उनका अनुसार साउनमा १ करोड ७२ लाख २० हजार ८ सय ८५ र भदौमा १ करोड ९० लाख ९ हजार ७३४ राजस्व सङ्कलन भएको थियो । साउन र भदौमा १ करोड २२ लाख ५४ हजार र १ करोड ६५ लाख ९७ हजार राजस्व सङ्कलनको लक्ष्य थियो । रु २० करोड ५८ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको सत्ती भन्सार कार्यालयले छ महिनाको अवधिमा ७ करोड ७२ लाख ६९ हजार ६ सय ८७ मात्रै सङ्कलन गरेको कार्यालय प्रमुख शाहले बताए ।

उनले वार्षिक लक्ष्य भेट्टाउन मुस्किल देखिएको बताउँदै बजारमा देखिएको आर्थिक मन्दीका कारणले पनि पुसमा सामान आयात कम भएको बताए । “एकातिर आर्थिक मन्दीको असर पनि भयो । अर्कातिर सीमानाका खुला हुँदा दैनिक उपभोग्य सामानको लागि भारतीय बजार जानेका कारण नेपाली बजारमा कारोबार कम भएकाले पनि भन्सारको राजस्वमा असर परेको देखिन्छ, सीमानाकामा कडाइ हुनसक्यो र आयात हुने सामान भन्सार भएर आउने वातावरण बन्यो भने वार्षिक लक्ष्य भेट्टाउन त्यत्ति गाह्रो छैन ।”

गत आवमा सीमानाकामा भएको कडाइका कारण भन्सारले लक्ष्यभन्दा ११ प्रतिशत बढी राजस्व सङ्कलन गरेको थियो । १४ करोड २३ लाख ४८ हजार लक्ष्य रहेकामा भन्सारले १५ करोड ८३ लाख ७ हजार ९७३ राजस्व सङ्कलन गरेको छ । यसैगरी मंगलबार भन्सार कार्यालय परिसरमा आयाेजित व्यापारी ,उद्योगी र भन्सार कार्यालय बिच भएको एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले भन्सार कार्यालय बाट छिटाेछरिताे सेवा प्रवाह हुनुपर्ने गुनासो गरेका थिए ।


प्रकाशित : २०७८ माघ ११ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप