लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

५ रुपैयाँ बचत गर्ने महिलाले सहकारी बाट कराेडाैकाे काराेबार गर्दै

टीकापुर / क‌ैलालीकाे जानकी गाउँपालिका ४ मुनुवामा २०७० साल भन्दा अघि १० समुहका महिलाहरुले समुहमा बचत गर्थे । एक समुहमा १० देखि २० जना महिला सहभागी थिए र मासिक ५ देखि २० रुपैयाँ बचत गर्थे ।२०७० सालमा सबै समुह मिलेर मेलमिलाप बचत तथा ऋण सहकारी संस्था दर्ता गरे ।
२५ जना महिलाहरुकाे सक्रियतामा ३५ हजार शेयरपुँजीबाट शुरु गरिएकाे सहकारीका महिला अहिले कराेडाैकाे काराेबार गर्छन् ।
दर्ता भन्दा अघि समुहमा ५० जना महिलाले ५ देखि २० रुपैयाँ सम्म समुह बचत गर्थे ।
हाल साे सहकारीमा ३ सय ३५ जना शेयर सदस्य छन भने बार्षिक ८० लाखकाे हाराहारीमा काराेबार गरेकाे सहकारीका व्यस्थापक पार्वती बजगाईले बताइन् ।
सहकारीको हाल १२ लाख ६१ हजार शेयरपुँजी रहेकाे सहकारीकि अध्यक्ष रिता देबी वडायकले बताईन । ग्रामिण क्षेत्रका महिलाकाे सहकारी प्रति आकर्षण बढाई जिविकाेपार्जनमा टेवा पुर्याउनका लागि संचालनमा रहेकाे सहकारीले व्यवसाय गर्ने महिलालाई १ लाख सम्म बिना धिताे ऋण लगानी गर्ने गरेकाे सहकारीको अध्यक्ष रिता वडायकले बताइन् । कृषि व्यवसाय गर्ने महिलालाई ५० हजार सम्म बिना धिताे ऋण दिने गरेकाे उनले बताईन ।महिलाहरुमा अहिले सम्म करिब ६५ लाख रुपैयाँ लगानी रहेकाे छ । समूहमा ५ देखि २० रुपैयाँ बचत गर्ने महिलाले सहकारी दर्ता गरि कराेडाैंकाे काराेबार गरेको देख्दा अरु महिलाको लागि पनि प्रेरणादायक काम भएको जानकी गाउँपालिका कन्चनपुरका रामेश्वर रेग्मीकाे भनाई छ । साझा संस्थानकाे भवनबाट सेवा दिदै आएकाे सहकारी काे जानकी गाउपालिका २/४/७ मा कार्यक्षेत्र रहेकाे व्यवस्थापक पार्वती बजगाईले जानकारी दिईन । स्थापनाकालमा ६ समुदाय शंकरपुर , बेलपुर, झालाटाेल, कञ्चनपुर, जवलपुरका १० वटा समूह रहेका थिए भने अहिले थप ७ वटा महिला समूह गरि १७ वटा महिला समूह आवद्व रहेका छन ।


प्रकाशित : २०७८ चैत्र १ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप