लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

खक्राैला भन्सार बाट राजस्व असुलि निरन्तर गिर्दो अवस्थामा , कार्यालय प्रमुख साह अधिकाँश बाहिरै बस्छन् ।

भिम वि. क.खक्राैला / पुर्वी कैलालीको प्रमुख व्यापारिक भन्सार नाका खक्राैलाबाट यस आर्थिक वर्षको फागुन मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ ।

फागुन महिनामा १ करोड ७७ लाख १९ हजार राजस्व संकलन हुनुपर्ने भएता पनि ६७ लाख १२ हजार ६ सय १५ रुपैयाँ मात्र असुली भएको सत्ति भन्सार कार्यालयका नायब सुब्बा दिलिप कुँवरले बताए।  यस आर्थिक वर्षमा २० करोड रूपैयाँ लक्ष्य रहेकामा अहिलेसम्म ( आठ महिनामा ) लक्ष्यको ४३.९० प्रतिशत मात्र राजश्व असुली भएको कुँवरले जानकारी दिए ।
आर्थिक वर्षको साउनमा १ करोड ७२ लाख १४ हजार ,भदौमा १ करोड ९० लाख ९ हजार ,असाेजमा १ करोड २० लाख २२ हजार ,कार्तिकमा १ करोड ९ लाख १४ हजार ,मंसिरमा १ करोड १३ लाख ५० हजार ,पुस ६९ लाख ५४ हजार ,माघमा ६१ लाख ४२ हजार र फागुनमा ६७ लाख १२ हजार ६ सय १५ रुपैयाँ राजस्व असुली भएको तथ्यांक रहेको छ ।
हालसम्म आठ महिनामा वार्षिक लक्ष्यकाे करिब ४४ प्रतिशत मात्र राजस्व असुली भएको देखिन्छ ।

यस नाकाबाट आयात हुने भए पनि निर्यात भने शून्य भएको उनले बताए । यस नाकाबाट विशेषगरी नेपाल आयात हुने मुख्य सामग्रीमा तयारी कपडा, होजियरी कपडा, जुत्ता चप्पल, हार्डवयर, चप्पल , माेटरपार्टस्, पानी माेटर ,वकास ( इट्टा उद्योगमा आवश्यक पर्ने काेइला भनिने ) लगायत छन् ।  यस नाकाबाट दैनिक  कुनै समय २० लाख रूपैयाँसम्म राजस्व असुली हुने गरेता पनि हाल केही महिनायता लक्ष्य भन्दा अति कम राजस्व संकलन हुनेछ गरेको देखिन्छ । सत्ति भन्सार कार्यालयले चैतकाे आठ गतेसम्म करिब ५ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ ।
भन्सार नाका छलेर सामान नेपाल भित्रीने गरेको सुचना पाउँदा सम्म पनि कार्यालयमा रहेको गाडी कार्यालय प्रमुख विमल कुमार साहले हप्तौं बितिसक्दा पनि अफिसमा नपुगाएकाे हुँदा गस्ती गर्न नसकिएको एक कर्मचारीले बताए ।
भन्सार प्रमुख साहले कार्यालय भन्दा बढि समय बाहिर बिताउने गरेको एक व्यवसायीले बताए ।


प्रकाशित : २०७८ चैत्र ८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप