लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल राजीनामा दिन मेयर थारुको निर्देशन

सत्ति / बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।

सोही नगरपालिकाको मेयरमा निर्वाचित भएसँगै शिक्षा क्षेत्रको विकासका निम्ति खरो भएर उत्रिएका मेयर थारुले कुनैपनी राजनीतिक दलको कार्यकारी पदमा आवद्ध हुँदा पठनपाठन कार्य समेत अवरुद्ध हुने बताएका छन्।

यस्ता आचरण बिरोधी काम तत्काल रोक्न ७ दिनभित्र राजीनामा दिए नदिएको जानकारी पठाउन समेत नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई उनले निर्देशन दिएका हुन्।

पदभार ग्रहण गरेसँगै मेयर थारुले द्वन्द्व प्रभावित व्यक्तिका परिवारका युवाहरुलाइ रोजगारीको ब्यवस्था गर्ने समेत बताएका छन् । साथै जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने पनि उनले बताएका छन् । त्यस्तै, किसान र आम नागरिकको गुनासो सुन्न कलसेन्टरको समेत ब्यवस्था गर्ने उनको दावी छ ।


प्रकाशित : २०७९ जेष्ठ ११ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप