लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

निरंकारी सत्गुरुद्वारा ७५औं वार्षिक सन्त समागम सेवाको सुभारम्भ

सत्ति / संसारमा बिश्व बन्धुत्व भाईचारा साथै मानव एकता कायम गर्दै आईरहेको संस्था हो निरंकारी मिशन ।

यस्ले अध्यात्मिक जागृतिको माध्यमबाट पर्खाल रहित संसारको परिकल्पना समेत साकार पार्न सक्षम भएको छ ।सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक बिसुद्द अध्यात्मिक बिचारधारा हो । निरंकारी मिशनले अध्यात्मिक चेतना दिनुको साथै सामाजिक कार्यमा पनि सरसफाइ अभियान, रक्तदान,फलफुल बितरण, राहत बितरण , बृक्षारोपण कार्यक्रम लगायत कार्यमा बिश्वभर आफ्नो अहम भुमिका निभाउंदै आएको छ ।

यही १६ नोवेम्बर देखि २० नोवेम्बर सम्म हुन गैरहेको ७५ औं बार्षिक निरंकारी सन्त समागम तथा बृहत् अध्यात्मिक सन्त भेलाको सुभारम्भ घोषित गर्दै सत्गुरु माता सुदिक्षा जि महाराजले आफ्नो करकमल बाट समागम सेवा सुभारम्भ एवं उद्घाटन संत निरंकारी अध्यात्मिक स्थल भारतको हरियाणा राज्य पानीपत जिल्ला स्थित समालखामा गर्नुभएको छ।

अनेकतामा एकता दर्साउने समागमको अनुपम दृश्य हरेक बर्षझैं यो बर्ष पनि सन्त भक्तको लागि आनन्ददायी, प्रेरणादायी लाभदायी हुने मिशनका अनुयायी राजन रेग्मीले जानकारी दिए ।


प्रकाशित : २०७९ आश्विन २ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप