लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

घर फर्किने तयारीमा थिए निराकार

थाइल्यान्डको सीमानजिकै रहेको कम्बोडियाको पोइपेटस्थित एक क्यासिनोमा भीषण आगलागीमा परी झापा बिर्तामोड–१ का ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा बिहीबार रातिको घटनामा उनीसहित २४ जनाको मृत्यु भएको हो ।

उक्त घटनापछि एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घटनास्थलमा पुगेका छन् । अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली दूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले कान्तिपुरलाई बताए । उक्त क्यासिनोमा केही नेपालीहरू पनि कार्यरत भएको तर उनीहरूको अवस्थाबारे अझै थप विवरण नआएको जनाइएको छ ।

‘बैंककस्थित नेपाली दूतावासका प्रथम सचिव खगराज पाण्डेयलगायत व्यक्ति घटनास्थल आउनुभएको छ । उहाँहरूको समन्वयमा पाण्डेको शव नेपाल पठाउने तयारी गरिरहेका छौं,’ उनले भने । पाण्डेले मृत्युअघि परिवारलाई भाइबरमार्फत भिडियो कलमा आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । आफू १२ औं तलामा रहेको र अब हाम फाल्नुको विकल्प नरहेको बताएका थिए ।

बिर्तामोड–१ घर भई हाल काठमाडौं सुकेधारा बस्दै आएका पाण्डे परिवारसँग नयाँ वर्ष मनाउन शनिबारसम्म काठमाडौं आइपुग्ने तयारीमा थिए । यसका लागि कम्बोडियामा महिना दिनसम्म गरेका कामको जिम्मेवारी एक जना श्रेष्ठ थरका साथीलाई जिम्मा लगाएको खबर परिवारलाई गरेका थिए ।

‘बुधबार दिउँसो मसँग कुराकानी भएको थियो । निराकारले आइतबार परेको न्यु इयर परिवारसँगै मनाउने गरी भोलि वा पर्सि काठमाडौं आइपुग्छु भनेर भनेका थिए,’ साथी दिनेश सिलवालले भने । निराकारको मृत्युको खबरले परिवार शोकाकुल छ । भाइ निश्चललाई सबैले सोधिरहेका छन्, ‘शव कहिले आइपुग्छ ?’ उनीसँग कुनै जवाफ छैन । बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका माइला छोरा हुन् निराकार ।

परिवारजनका अनुसार भिजिट भिसामा करिब एक महिनाअघि निराकार थाइल्यान्ड गएका थिए । थाइल्यान्डबाट उनी कम्बोडिया पुगेका हुन् । व्यापारिक प्रयोजनका सिलसिलामा उनी थाइल्यान्ड हुँदै कम्बोडिया गएको परिवारले जनाएको छ । क्यासिनोमा आगो लागेपछि निराकारले राति १० बजेतिर काठमाडौंमा पत्नी शशीकला लोहनीलाई भिडियो कल गरेर जानकारी गएका थिए । निराकारका बाबु अग्नि गत वैशाखमा दोस्रो कार्यकालका लागि बिर्तामोड–१ को वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।


प्रकाशित : २०७९ पुष १६ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप