लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

फुटबल प्रतियोगितामा सगरमाथा युथ विजयी

बटनपुर / टीकापुर ८ बटनपुरमा संचालित माघी मिलन तथा खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक सगरमाथा युथ क्लब ‘ए’ले जितेको छ ।
सगरमाथा युथ क्लब बटनपुरको आयोजना तथा धनसिहपुरबासी प्रवासी समितिको सहयोगमा भएको प्रतियोगिताको फाईनल खेलमा सगरमाथा युथले युनाइटेड एकेडेमि टीकापुरलाई ६-१ को अन्तरले पराजित गरेको हो । विजयी सगरमाथा युथले ५१ हजार र उपविजयी युनाइटेड एकेडेमिले ३१ हजार शिल्ड मेडल तथा प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरन भुल, डिफेन्डर कृष्ण क्षेत्री, गोल रक्षक जियारत शेष सर्वाधिक ७ गोल गर्ने फागुराम चौधरीलाई पुरस्कृत गरिएको थियो । फुटबल प्रतियोगितामा युनाइटेड एकेडेमी टिकापुर उपविजेता भए पनि सबै खेलाडी आयोजकका नै रहेका थिए ।
पुरस्कार राशि र प्रवास ,स्थानीय बासिन्दा ,व्यापारी ,टिकापुर नगरपालिका लगायतका सबै क्षेत्र बाट भएको सहयोग अनुसार को व्यवस्थापन र क्लब सहभागी भने सहभागी भएका थिएनन् ।
टिकापुर ८ बटनपुरमा सगरमाथा युवा क्लब र सगरमाथा युथ क्लब नामका समान प्रकृतिका दुईवटा क्लब रहेका छन् । राजनीति दलका स्थानीय नेताले क्लब मार्फत युवा वर्गलाई समेटेर राजनीति चढ्ने सिंढी बनाउनेतर्फ युवा वर्ग सचेत हुनुपर्नेमा स्थानीय एक युवाले सुदुर सन्दर्भ डटकम लाई बताए ।
प्रतियोगिताकाे समापनमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु साविक धनसिंहपुर गाविसका अध्यक्ष जंगबहादुर साउँद ,साविक नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायत लगायत विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिकाे सहभागिता रहेको थियो भने विजेता खेलाडीलाई पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
फुटबल प्रतियोगिताकाे मिडिया पार्टनर सुदुर सन्दर्भ डटकम लगायत अन्य मिडिया रहेका थिए ।


प्रकाशित : २०७९ माघ १५ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप