लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सत्तिमा हुने श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान महायज्ञकाे तयारी तिब्र

सत्ति / टीकापुर–७ सत्तिमा हुने महायज्ञको तयारी तिब्र पारिएको छ ।
सत्ति स्थित ऐतिहासिक मन्दिर पद्म प्रकाशेश्वर महादेव मन्दिरको लागि जमिन किन्न हुन लागेको महायज्ञको तयारी तिब्र पारिएको पदम प्रकाशेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष बिदुर कायस्थले बताए ।
‘परिश्रमले कमाएर दिएको तपाईको सहयोग गर्छौं हामी सही सदुपयोग’ भन्ने मुल नाराका साथ हुन लागेको श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान –२०७९ यही चैत्र ८ गतेदेखि १५ गते सम्म हुने अध्यक्ष कायस्थले जानकारी दिए । उनलेे महायज्ञको तयारी हालसम्म ७५ प्रतिशत सम्पन्न भइसकेको बताए । हालसम्म महायज्ञ स्थल पटानि गर्ने ,सरसफाइ गर्ने ,विभिन्न स्थानीय तहमा निम्तो दिने ,धार्मिक ,व्यापारीक ,दलका अगुवा ,बडघर,नागरिक अगुवाहरु संग पटकपटक छलफल भएको कायस्थले जानकारी दिए ।
मन्दिरमा रंगरोगन ,पत्राचार,पाेष्टर,पम्प्लेट छपाइ लगायतका सम्पुर्ण काम सम्पन्न भएको र मञ्च र पण्डालकाे काम तुरुन्तै सुरु हुने बताइएको छ ।
बि.स. १९६७ मा रणोदिपसिंको महारानीले महोत्सव गराएको १११ वर्षगाँठकाे अवसर पारेर सत्संगको आयोजना गर्न लागिएको जनाएको छ ।
त्यतिबेला मन्दिरको नाममा सात सय बिगाहा जग्गा रहेको मन्दिरमा सुनको गजुर भएको सुनको अक्षर भएको शिलालेख भएको र धर्मशाला रहेको किवदन्ति छ तर पदम प्रकाशेस्वर मन्दिरको नाममा रहेको उक्त सात सय विगाहा जमिन पछि क्रमिक रुपमा अतिक्रमित भएको बताइन्छ । हाल मन्दिर को अढाई कट्ठा जमिन मात्र रहेको छ ।
हाल मन्दिर रहेको अढाई कट्ठा जग्गा अपुग भएको ले मन्दिर परिसरसँगै जोडिएको थप पाँच कट्ठा जमिन किन्नकै लागि महायज्ञको आयोजना गर्न लागिएको अध्यक्ष कायस्थले जानकारी दिए ।
उनले हालै प्रति कट्ठा पच्चिस लाखका दरले तीन कट्ठा सत्र धुर जग्गाको पाँच लाख रूपैयाँ बयाना गरिसकेको समेत जानकारी दिए ।
महायज्ञमा ऋषिराज आचार्य, मुर्मुक्षु उद्धव शर्मा र आचार्य सुश्री अनुराधा देवीले प्रवचन दिने कार्यक्रम रहेको छ ।
उनले मन्दिर संरक्षणमा स्थानियको सक्रियता कम भएकाले यस्तो प्राचिन मन्दिर प्रचार प्रसारमा पछि परेको बताए । मन्दिरकाे जमिन खरिदका लागि दाता ,तथा जमिन किन्नका लागि सहयोग जुट्ने क्रम बढेको छ । मन्दिर संरक्षण समितिका सदस्य रम्भादेबि कडायतले आफ्ना स्व. श्रीमानकाे स्मरणमा २५ हजार ५ सय ५५ रुपैयाँ नगद रकम जग्गा खरिदका लागि महायज्ञ सुरु हुनुभन्दा अगाडि नै प्रदान गरिएको छ भने महायज्ञका लागि करिब २१ लाख लागत लाग्ने जानकारी गराइएको छ ।


प्रकाशित : २०७९ चैत्र २ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप