लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

थ्री स्टारले जित्यो खप्तड गोल्डकपको उपाधि

धनगढी, चैत १८ /छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको उपाधि थ्री स्टार क्लबले जितेको छ । कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
थ्री स्टारलाई उपाधि दिलाउन ब्रिकम लामा र अनिल महर्जनले गोल गरे । खेलको ७३ औं मिनेटमा अनिल महर्जनले फ्रि किक मार्फत थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा बिक्रम लामाले हेड गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे ।
फाइनल खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका अनिल महर्जन चुनिए । उनले १० हजार पुरस्कार पाए ।
उपाधिसंग थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ पाएको छ । विधागत तर्फको पुरस्कारमा समेत थ्री स्टारको वर्चश्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका कप्तान बिक्रम लामा बने । उनले नगद एक लाख रुपैयाँ पुरस्कार पाए । यस्तै उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहे । उत्कृट डिफेन्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे । यस्तै उत्कृष्ट मिडफिल्डर मनाङका विशन गुरुङ र सर्वाधिक गोलकर्ता मनाङका सायीजमल घोषित भए । विधागत तर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । सुदूरपश्चिम–११ का दिपेन्द्र मलासी उदयमान खेलाडी चुनिए। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।
सुदूरपीश्चम प्रदेश सरकार मुख्य प्रवर्धक रहेको यस प्रतियोगितालाई सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको हो । प्रतियोगिताको समापन समारोहका मुख्य अतिथि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले विजेतालाई नगद र ट्रफी प्रदान गरेका थिए । उनले प्रदेश सरकारको नियमित कार्यक्रमकारुपमा यस प्रतियोगितालाई लगिने बताएका थिए । आयोजक क्लवका अध्यक्ष सुरेश हमालले प्रतियोगितालाई भव्यताका साथ सफल बनाउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।


प्रकाशित : २०७९ चैत्र १८ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप