लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

२४ घण्टा नबित्दै प्रकाश सपूतको गीत युटयुव ट्रेन्डिङको पहिलो स्थानमा

April 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

गायक प्रकाश सपूतले जुन गीत ल्याएपछि चर्चा कमाउने गरेको छ । यस्तैमा उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) पनि अहिले चर्चामा छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युटयुवको ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ ।

बिहीबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म ५ लाख ६६ हजार भ्युज पाएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर सार्वजनिक गीतमा सपूतको शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत, संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।

गीतको भिडियोमा भने कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया) को कथा बुनिएको छ । जसको निर्देशन सपूत आफैँले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ । https://youtu.be/pov0FfWgZ9o

भिडियोमा सपूतको संगै कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।


प्रकाशित : २०८० बैशाख १ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप