लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एसीसी प्रिमिअर कपमा नेपालको पहिलो जित

भीम सार्की र कुशल मल्लले अर्धशतक बनाएपछि नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा मंगलबार मलेसियामाथि ६ विकेटको सहज जित हात पारेको छ । भीम र कुशलले चौथो विकेटमा १ सय १२ रनको साझेदारी गरेपछि नेपालले २ सय ३६ रनको लक्ष्य ३६.२ ओभरमै पूरा गरेको हो ।

भीमले ७१ रन बनाए । नेपाल विजय भन्दा ५ रनको नजिकको समयमा आउट भएका भीमले ९८ बल खेली ५ चौका प्रहार गरे ।

कुशलले अविजित ७० रन बनाए । उनले ४० बल खेली समान ५ चौका र छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरी ३ बलमा ५ रन बनाई अविजित रहे ।

नेपालको सुरुआत भने राम्रो थिएन । आसिफ शेख पहिलो ओभरमै १ रनमा आउट भए । उनलाई मोहम्मद वाफिकले कट एन्ड बोल्ड गरे । कुशल भुर्तेल र भीमले दोस्रो विकेटमा ४८ रनको साझेदारी गरे । कुशलले ३१ बलमा ५ चौका र २ छक्कासहित ३८ रन बनाए ।

कप्तान रोहित पौडेलले पनि छिटो गतिमा रन बनाए । उनले ४३ बल खेली ५ चौकासहित ४२ रन बनाए । २२ औं ओभरमा उनले क्याच दिँदा नेपालको खातामा १ सय १९ रन थियो । त्यसपछि भीमले संयमित र कुशल मल्लले आक्रामक खेल्दै नेपाललाई विजयी बनाए ।

यसअघि कप्तान अहमद फैज र विरनदीप सिंहले सतकीय साझेदारी गरेपछि मलेसियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको थियो । मलेसियाले तुलनात्मक रूपमा बलियो मानिएको नेपालविरुद्ध राम्रो स्कोर बनाएर चुनौती दिएको थियो ।

सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपको छनोटको आधार रहेको प्रतियोगिताको पहिलो खेलमा मलेसियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ३५ रन बनाएको थियो ।

कप्तान अहमद फैजले ७६ रन बनाए । उनले ९५ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । उनले विरनद्धिप सिंह दोस्रो विकेटमा १ सय १६ रनको साझेदारी गरे । विरनद्धिप भने अर्धशतक बनाउन चुके । उनले ९४ बल खेल्दै ४६ रन बनाउनेक्रममा २ चौका प्रहार गरे ।

मोहम्मद अमिरलाई १८ रनमा गुलशन झाले आउट गरेपछि फैज र विरनदीपको जोडी जमेको थियो । फैजलाई आउट गरेपछि नेपालले नियमीत जस्तो विकेट लिन सुरु गरेको थियो । विजय युनी १२ र सैयद अजिज १३ रनमा आउट भए । सोमपाल कामीले लगातार बलमा खिजार हायत र फिर्ती सामलाई आउट गरे । हायतले २५ बल खेली १ चौका र १ छक्कासहित २२ रन बनाए ।

नेपालबाट सोमपाल र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० र सन्दीपले १० ओभरमा ४८ रन खर्चे । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

साभार : कान्तिपुर


प्रकाशित : २०८० बैशाख ५ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप