लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

कैलालीमा तीन सय महिला जबरजस्ती करणीको सिकार, यस्तो छ करणीको कसुर

कैलालीमा तीन सय तीन महिला जबरजस्ती करणीको सिकार भएको तथ्य बाहिर आएको छ। तीन सय तीन महिलामाथि जबरजस्ती करणी भएको रहस्य खुलेको हो। आफन्त, छिमेकी र साथीबाटै महिलाहरु जबरजस्ती करणीमा परेको विषय बाहिर आएको छ। करणी सम्वन्धि कसुर अन्तर्गत कैलालीमा चार प्रकारका जबरजस्ती करणीका उजुरी जिल्ला अदालतमा दर्ता भएका छन्।

एक वर्षको अवधिमा अर्थात आर्थिक वर्ष २०७९/८० मा मात्र जिल्लाका विभिन्न स्थानबाट आफुहरु जबरजस्ती करणीमा परेको भन्दै तीन सय तीन पीडित महिलाहरुले जिल्ला अदालत कैलालीमा पीडक विरुद्ध उजुरी दर्ता गराएका छन्। करणी सम्वन्धिको कसुर अन्तर्गत जबरजस्ती करणीमा एक सय ९७ पुरुष विरुद्ध मुद्दा दायर भएको छ। हाडनाता करणीमा ६, जबरजस्ती करणी उद्योगमा ७९ तथा बाल यौन दुरुपयोगमा २१ मुद्दा दर्ता भएको जिल्ला अदालत कैलालीको अभिलेख छ।

जबरजस्ती करणीमा परेका एक सय ९७ उजुरीमध्ये एक सय ६ वटा मुद्दाको टुंगो लागिसकेको छ भने यस्ता ९१ उजुरीमाथि टुंगो लाग्न अझै बाँकी छ। त्यस्तै हाडनाता करणीमा ६ उजुरी दर्ता भएकोमा २ उजुरीमाथि कारवाही भइसकेको छ भने चार उजुरीमाथि कारवाही हुन बाँकी छ।

जबरजस्ती करणी उद्योगमा ७९ उजुरी दर्ता भएकोमा ३० उजुरीमाथि कारबाही भइसकेको छ भने ४९ उजुरीमाथिको कारबाही बाँकी नै छ। त्यस्तै बाल यौन दुराचारमा परेका कुल २१ उजुरीमध्ये ९ उजुरीमाथि कारबाही भइसकेको छ भने १२ उजुरीमाथि कारबाही हुन बाँकी रहेको जिल्ला अदालत कैलालीको वार्षिक प्रगति प्रतिवेदनले देखाएको छ।

न्याय पाउनै सकस

महिलामाथि भएका यी प्रकारका यौन अपराध अन्तर्गत एक सय ४७ मुद्दाको कारबाही पुरा भइसकेको छ भने एक सय ५६ मुद्दामाथिको कारबाही अदालतमा अहिले पनि चलिरहेको छ। जबरजस्ती करणी एक अपराध हो। यसमा कुनै शंका छैन। विभिन्न समुदाय तथा राष्ट्रमा यस्तो विषयमा पीडकले पाउने सजाय फरक पाइन्छ। केही देशमा यस्ता पीडकलाई मृत्युदण्ड दिइन्छ भने केहीमा केही वर्ष जेल सजाय। कानूनको कार्यान्वयन फितलो भएको समाजमा यस्ता सबै पीडकले सजाय पाउँदैनन्। 
पीडितभन्दा पीडक बलिया
जबरजस्ती करणी अपराधमा मुद्दा दर्ता गर्दादेखि अदालतमा पेश हुने र बहस हुने क्रममा पीडकले पटक–पटक भावनात्मक रूपले बलात्कृत हुनुले पनि पीडित महिला तथा उसको परिवारमा त्यति लामो समयसम्म न्यायको लडाईँ लड्ने हिम्मत नभएका कयौँ घटना समेत बाहिर आउने गरेका छन्।

यसले गर्दा विशेषतः हाम्रो मुलकमा यस प्रकारको अपधमा संलग्न पीडकको मनोबल बढ्न गएर पीडितले न्याय नपाएका कायौँ उदाहरण छन्। पीडितभन्दा पीडक आर्थिक रुपमा सम्पन्न, कतिपय अवस्थामा शक्ति र सत्ता नजिक भएका कारण पनि पीडितले समयमा न्याय पाउन सकिरहेको अवस्था छैन्।
कहिले पाउँछन १५६ पीडितले न्याय
जिल्ला अदालत कैलालीको तथ्यांक हेर्ने हो भने जबरजस्ती करणी, हाडनाता करणी जबरजस्ती करणी उद्योग र बाल यौन दुराचारमा गरी एक सय ५६ पीडितले अझै न्याय पाउन सकेका छैनन् अर्थात मुद्दाको अन्तिम टुंगो लागि सकेको छैन्। पीडक विरुद्ध अदालतमा मुद्दा दायर गरेको लामो समय वितिसक्दा पनि समयमा न्याय नपाउँनु पीडितलाई झन पीडा दिनु सरह नै भएको सरोकारवाला बताउँछन्।


प्रकाशित : २०८० श्रावण २७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप