लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेट हुने

जमुमा न्युरे,धनगढी/धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा धनगढीमा स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आगामी मंसिर २५ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा उक्त क्रिकेट प्रतियोगिता हुने भएको हो । १० कक्षासम्मका विद्यार्थीहरुले भाग लिने उक्त प्रतियोगितामा धनगढीका १६ वटा स्कुलहरुको सहभागिता हुनेछ ।

प्रतियोगितालाईं धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ । स्कुलका संस्थापक तथा प्राचार्य राम जी हमाल र डिसिएका प्रबन्धक समुयल न्यौपानले मंगलबार एक कार्यक्रमबीच मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता पश्चात प्राचार्य हमालले सुदूरपश्चिम क्रिकेटको उर्बर भूमी रहेकाले यहाँका बालबालिकाहरुमा ग्रास रुट लेभलको क्रिकेट विकासका लागि आफूहरुले सहकार्य गरेको बताए ।यस्तै प्रबन्धक न्यौपानेले मुख्य प्रायोजक गरेकोमा स्कुललाई धन्यवाद दिदैँ उक्त प्रतियोगिताले नयाँ खेलाडी निकाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ हजार तथा म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको डिसिएले जनाएको छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको इभेन्ट म्यानेजरमा शुभम पनेरु तथा कार्यक्रम संयोजक सन्दीप भट्ट छन् ।


प्रकाशित : २०८० आश्विन १६ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप