लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

इजरायलमा रहेका १२ नेपाली विद्यार्थी सम्पर्क बाहिर

October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  

सत्ति / हमासले आक्रमण गरेको इजरायलको दक्षिण क्षेत्रमा रहेका १२ जना नेपाली विद्यार्थी सम्पर्कविहीन छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा इजरायल मा रहेका नेपालीको अवस्थाबारे जानकारी दिंदै परराष्ट्र मन्त्री एनपी साउदले नेपाली विद्यार्थी सम्पर्कविहीन रहेको बताएका छन्। “आक्रमण भएको क्षेत्रमा रहेका १२ विद्यार्थीमध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने भएको हुँदा स्थिति यकीन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ,” मन्त्री साउदले भने।
नेपालबाट इजरायलमा केयरगिभरका रूपमा चार हजार ५०० नेपाली गएका छन्। उनीहरूको सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस्तै, इजरायले सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका छन्। उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्व विद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालय बाट ४९ जना विद्यार्थी गएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी इजरायलको दक्षिणी क्षेत्र किबुज अलमिममा अध्ययनरत थिए। त्यहि क्षेत्रमा हमास ले आक्रमण गरेको हो।
हमासको आक्रमणमा परी १७ जनामध्ये ३ जना विद्यार्थी घाइते भएको परराष्ट्र मन्त्री साउँदले बताए। अन्य १२ जना विद्यार्थी सम्पर्कविहीन छन्। उनीहरूमध्ये केही हताहत भएको हुन सक्ने परराष्ट्र मन्त्री साउँदको भनाइ छ। उनीहरूको अवस्था बुझ्न इजरायल स्थित नेपाली दूतावासले समन्वय गरिरहेको त्यहाँ स्थित नेपाली कामना सिंहले बताइन्। जि टु जि माध्यम बाट इजरायल गएका नेपाली सुरक्षित रहेका र अन्य प्रक्रिया बाट गएकाकाे भने अवस्था जानकारी नभएको उनको भनाइ छ । सम्पर्कमा आउन नसकेका नेपालीको बारेमा नेपाली दुतावास मार्फत उद्दार र उनको अवस्थाका बारेमा आफू पनि लागि परेको विगत २२ वर्ष देखि इजरायलमा बस्दै आएकि कामना सिंहले बताइन् । उनका अनुसार आज साँझसम्म पुर्ण विवरण इजरायल सरकारले दिन सक्ने बताइन । यहाँको अवस्थाले गर्दा चिन्ताजनक खबर हुनसक्ने उनलेे बताइन् । प्यालेस्टाइनको लडाकू समूह हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो। हमासको आक्रमणमा परी २५० जना इजरायलीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
इजरायलले पनि हमास माथि प्रत्याक्रमण गरेको छ। आक्रमणबाट २३२ जना प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ। त्यस क्षेत्रमा दोहोरो भिडन्त जारी छ।


प्रकाशित : २०८० आश्विन २१ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप