लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सुदूरपश्चिममा ६५८ महिलाहरु बलात्कारको सिकार

धनगढीः विगतमा छिटफुट आउने जबरजस्ती करणी (रेप)का समाचार अहिले दिनहुँजसो पढिने र सुनिने गरेका छन्। यस्ता समाचार र प्रहरी आँकडाले सुदूरपश्चिममा जबरजस्ती करणीका घटना बढिरहेको देखाउँछ ।

पछिल्लो समय त जबरजस्ती करणीपछि हत्या गर्ने बर्बर घटनाको शृंखला पनि बढेको छ। कतिपय अवस्थामा जबरजस्ती करणीका घटना समाजमै र स्थानीय प्रहरीको रोहबरबाट समेत पीडित र पीडकबीच मिलापत्र गराउने प्रवृत्तिले समेत प्रश्रय पाएको छ। जसका कारण प्रत्यक्ष÷परोक्ष रूपमा यस्तो जघन्य अपराध गर्ने व्यक्तिको मनोबल बलियो बनेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकअनुसार प्रदेशभित्र जबजस्ती करणीका ६ सय ५८ घटना दर्ता भएका छन्। साथै जबरजस्ती करणी उद्योगका थप दुई सय ४२ घटना समेत दर्ता भएको अभिलेख छ। बाल यौन दुराचारका १८ तथा यौन दुव्र्यवहारका ३१ घटना समेत प्रहरीमा दर्ता भएका छन्।

यो तथ्यांक आर्थिक वर्ष २०७७/७८ देखि गत आर्थिक वर्ष २०७९/८० सम्मको हो। २०७७ मा दुई सय ३१ महिला, किशोरी एवं युवती जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रहरी अभिलेख छ। यो संख्या २०७८ मा बढेर दुई सय ३६ तथा २०७९ मा यस्तो संख्यामा कमि आएर एक सय ९१ महिला जबरजस्ती करणीको सिकार बन्न पुगेको देखिएको छ।

जबरजरजस्ती करणी उद्योगमा २०७७ मा ८७, २०७८ मा बढेर ९२ तथा २०७९ मा ६३ घटना दर्ता भएको अभिलेख छ। यी त केबल पीडितहरु प्रहरीसम्म आइपुगेर जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा दर्ता भएका घटनाको विवरण मात्र हो। गाउँघर तथा सहर बजार क्षेत्रमै भएका यस्ता कयौँ घटनाहरु प्रहरीसम्म अझै पुग्न नसकेको सरोकारवाला बताउँछन्।

पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोग लगायत कारण पनि यस्ता घटनाहरु हुने गरेका छन्। ‘बलात्कार’ जबरजस्ती करणीको घटना मात्र नभएर महिलाहरूप्रतिको हेपाइको चरमोत्कर्ष हो। तर यो जङ्गलमा फाट्टफुट्ट पाइने विषालु च्याउ होइन, स्त्रीद्वेषी संस्कृतिमा हुर्कने विषवृक्ष हो।

सन् १९७० को दशकमा अमेरिकी फेमिनिस्टहरूले यसलाई ‘रेप कल्चर’ नै नामकरण गरेका थिए। विगतमा यस्ता घटनाहरु गाउँघरमै गुपचुपमा मिल्ने गरेको भए पनि पछिल्लो समय भने पीडक विरुद्ध पीडितहरु मुख खोल्न थालेका छन्। यसले थोरै भए पनि पीडकमा त्रास पैदा भएको अधिकारकर्मीहरु बताउँछन्।

साभार – दिनेश खबर


प्रकाशित : २०८० कार्तिक ११ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप