लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार -२०७९’ विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई ‘लाई प्रदान गरिने

टिकापुर / ‘ग‌ैरआवासीय नेपाली सङ्घ’को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि.सं २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’प्रदान गर्ने गरेको छ ।
यसै बमोजिम वि.सं २०७९ को पुरस्कारका लागि सो वर्षभरिमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्ने साहित्यकार विजय हितान द्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।
पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । त्यसैगरी बर्ष २०७८ मा चेतनाथ आचार्यको उपन्यास “रुइबा”लाई पुरस्कृत गरिएको थियो । गीत सङ्गीत मार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लाग्नु भएका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान “लाहुरेको रेलिमाई” ले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ । त्यससँगै उनको सङ्घर्षपूर्ण जीवन र उनले बाँचेको समाजका अनेक पाटालाई उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ।
पुरस्कृत कृति ‘लाहुरेको रेलिमाई ‘ का लेखक विजय हितानलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोह बीच नगद पुरस्कार र सम्मानपत्र सहित पुरस्कार प्रदान गर्नेछ । सङ्घको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति’को बैठकले छनौट समितिको सिफारिस सँगै ‘लाहुरेको रेलिमाई ‘लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि अनुमोदन गरेको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यबस्थापन समिति, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।


प्रकाशित : २०८० पुष ८ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप