लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

अष्ट्रेलियामा नेपाल जस्तै गाउँ बनाएर ‘आइस रोड २’ को छायांकन

लियाम निसन स्टारर हलिउडको ब्लकबस्टर फिल्म ‘आइस रोड २’ को छायांकन यसैसातादेखि अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ ।

कथावस्तु र सेटिङ पूरै नेपालको भएपनि नेपालको नक्कली भूगोल र घरहरुको सेट खडा गरेर हलिउड फिल्मको सुटिङ सुरु भएको हो । फिल्मको मुख्य कथावस्तु चाहिं कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको हो । प्राप्त तस्वीरमा फिल्मको लोकेसन र सेट देखिन्छ, जुन दुरुस्तै नेपालको जस्तो तुल्याइएको छ । केही दिनअघि सेट ज्वाइन गरेका हलिउड अभिनेता नेसनको एक फोटोमा नेपाली अक्षरमै ‘पहेंलो पुतली लज’ लेखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वालहल्ला भन्ने ठाउँका सबै घरमा रङ पोतेर नेपालको जस्तै तुल्याइएको छ । ‘नेपाल पुलिस’ भन्दै नेपाल प्रहरीको भ्यान पनि छ । अर्को एक फोटोमा दरबाङ फ्रेस हाउस तथा तरकारी पसल भनिएको छ । तर दरबाङ म्याग्दीको गाउँको नाम हो । फिल्ममा भने कोदारी भन्दै दरबाङ लेखिएको छ ।

भेराइटी म्यागजिनका अनुसार सन् २०२१ को हिट फिल्म ‘द आइस रोड’को यो दोस्रो श्रृंखला हो । फिल्ममा लियाम निसन ट्रक चालक र उद्धारकर्ताको भूमिका निर्वाह गरेका छन् ।

यो फिल्मको सुटिङ यसअघि उत्तरी क्यानडामा गर्ने योजना थियो तर फिल्मको निर्माण अष्ट्रेलियाको भिक्टोरिया राज्यमा सारिएको हो । डाई हार्ड विथ अ वेन्जेन्स, आर्मगेडन र जुमान्जी फेम्ड लेखक जोनाथन हेन्सले यो फिल्मको निर्देशन गरिरहेका छन् ।

अष्ट्रेलियाका संघीय र राज्य सरकारले स्थान प्रोत्साहन योजना, भिक्टोरियन स्क्रिन प्रोत्साहन र क्षेत्रीय स्थान सहायता कोषमार्फत फिल्मलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन् । यो फिल्मको छायांकनबाट भिक्टोरिया राज्यलाई २० मिलियन अमेरिकी डलर फाइदा हुने बताइएको छ ।

उक्त छायांकनले भिक्टोरिया राज्यमा रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई बढावा दिने जनाइएको छ ।


प्रकाशित : २०८० माघ ६ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप