लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

दुबै मृगौला फेल भएका चौधरीको ज्यान जोगाउन सहयोगको लागी परिवारले गरे अपिल

सत्ति/ टिकापुर नगरपालिका–७ बेलुवाकि कविता चौधरीले श्रीमानकाे उपचारका लागी सहयोग गरिदिन अपिल गरेकी
छिन् ।
उनको श्रीमान ३१ वर्षका जीवन चाैधरिकाे दुबै मृगौला फेल भएको र घरको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण उपचार गर्न समस्या भएपछि ३० वर्षिया कविता चौधरी र उनका घर परिवारले सहयोगको याचना गरेका हुन् ।
गरिबीका कारण उपचार गराउन सक्ने अवस्था नरहेको उनका बुवा जुगराम चौधरीले बताए ।
छाेरा बिरामी भए पछि धनगढी ,नेपालगन्ज चितवन र काठमाडौंका अस्पतालमा उपचार गर्दा १२/१३ लाख रुपैयाँ सकिएको जुगरामले बताए । घरमा भएको सबै रुपैयाँ सकिएको र आफुसित घरबासकाे जमिन काटेर पनि बेच्दा पनि उपचार नभए पछि कसरी छाेराकाे कसरी उपचार गर्ने चिन्तामा उनी रहेका छन् ।
आर्थिक अवस्था निकै कमजोर भएकाले उपचार लागी लाग्ने त्यति धेरै रकम जुटाउन नसक्ने अवस्थामा परिवार भएकोले सबैले सक्दो सहयोग गरिदिन उनकि श्रीमती कविताले बताइन्। श्रीमानको उपचारका लागि लाग्ने खर्च व्यहोर्न सक्ने अवस्था नरहेकाले जीवन रक्षाका लागि सहयोगको याचना गर्नुको विकल्प नभएको उनले बताइन्।
उनलाई अहिले हप्तामा २ पटक डायलासिस गर्नुपर्ने र १ पटक डायलासिि गरेको ९ हजार लाग्ने कविताले बताइन् । उनको परिवार छ आफैमा विपन्न परिवार भएको र अझ त्यही माथि जवान कमाउने छाेराकाे दुबै मृगौला फेल भएकोले गर्दा परिवारमा चिन्ता थपिएको छ ।
उनको उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्ति वा सङ्घसंस्थाले उनको नाममा प्रभु बैंक सत्ति शाखामा रहेको खाता नम्बर २५६०२३४२७४९०००१५ मा रकम जम्मा गर्न सक्ने छन् । 


प्रकाशित : २०८० माघ ७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप