लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

पदमप्रकासेश्वर महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले लाख रुपैयाँ बढीपर्ने सुनको बेलपत्र चढाए

ऋषि वाग्ले सत्ति/ कैलाली – टिकापुर नगरपालिका -७,सत्ती बजारमा अवस्थित पदमप्रकासेश्वर महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले लाख रुपैयाँ बढी पर्ने सुनको बेलपत्र चढाएका छन।
काठमाडौ बुढानिलकण्ठ निवासी किर्तन श्रेष्ठको घरमा जन्मिएको सन्तानमा आखामा समस्या हुने गर्दथ्यो। उनको परिवारमा यो समस्या बसांणुगत थियो।
यस्तो समस्या अबको पुस्तामा नआओस् भन्ने मनोकामना का साथ श्रेष्ठ दम्पतिले केहि वर्ष अघि यहा पुजा अर्चना गरी भाकल गरे। अहिले उनको छोरामा समस्या नदेखिएकोले उनिहरुको खुसीको सिमा नै छैन। यसरी उनको छोराको आखामा समस्या नभएपछि उनिहरु सपरिवार काठमाण्डौ बाट आएर एकतोला सुनको बेलपत्र अर्पण गरेको किर्तन श्रेष्ठ बताउँछन।
टिकापुरको सत्तीमा भएको यो मन्दिर कहिले स्थापना गरियो ठ्याक्कै तिथि मिति त कसैलाइ जानकारी नभएपनि यो मन्दिर एकदमै प्राचिन भएको जन विस्वास छ। त्रेतायुगमा भगवान परशुरामले पिता जन्मदग्निको आज्ञापालन गर्ने क्रममा आफ्नी आमाको हत्या गरे पश्चात सो पाप बाट मुक्ति हुनका लागि मन्दिर स्थापना गरी पुजा अर्चना गरिएको जनविश्वास रहेको मन्दिर सरंक्षण समितिका अध्यक्ष बिदुरलाल कायस्थ बताउछन।
विक्रम सम्बत १९६५ माघ शुक्लदशमीको अवसर मा राजा नरेन्द्र बिक्रमकाे कान्छी महारानी पद्मावती द्वारा वर्तमान यस मन्दिरको जिर्णोद्धार गरिएको सम्पदा सम्बन्धी केहि पुस्तकमा उल्लेख गरिएको पाइएको मन्दिर सरंक्षण समितिका सचिव भिम श्रीपाइलीले बताए ।
प्राचिनकाल देखि नै यो मन्दिर नेपाली भक्तजनका साथै भारतिय भक्तजनका पनि आस्थाका केन्द्र रहेको स्थानिय हरु बताउछन । २०६७/६८ मा मन्दिर शतवार्षिकी मनाउदा भारत उत्तराखण्डका पिठाधिश्वर जगतगुरु शकंराचार्य , माधववाश्रम जी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यास आचार्य, स्वामी दिनदयाल महाराज लगायतले पछिल्लो समयमा मन्दिरको दर्शन गरेका छन भने प्राचिन कालमा भारतीय ऋषिमुनिहरु कैलाशमा सरोवर दर्शन गर्न जादा यस मन्दिरमा पुजा अर्चना गरेर त्यसतर्फ प्रस्थान गर्ने गरेको स्कन्दपुराणमा समेत उल्लेखित छ।


प्रकाशित : २०८० माघ २१ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप