सत्ति / टीकापुर ७ सत्तीमा काँग्रेसकाे जनता संग काँग्रेस भन्ने अभियान अन्तरगत जन संम्बाद कार्यक्रम साेमबार सम्पन्न भएकाे छ । कैलाली क्षेत्र न १ का क्षेत्रिय सभापति प्रकाश शाहकाे सभापतित्वमा भएकाे कार्यक्रममा हुलाकी सडक आसपासका जनताका समस्याका बारेमा लक्षित गरि संचालन गरिएकाे संम्बाद कार्यक्रममा स्थानीय नागरिक ,काँग्रेसका कार्यकर्ता,बिद्यार्थी ,किसानले स्थानिय समस्याका राखेका थिए ।
साेहि कार्यक्रममा स्थानीय समस्या समेटिएको ज्ञापन पत्र पेस गरिएको थियोे । माग पत्रमा बाढी बाट मुक्त पार्नका लागि दिर्घकालिनरुपमा तटबन्ध हुनुपर्ने , सत्ती भन्सार कार्यालय खक्राैलामा प्लान्ट र पशु क्वारेन्टाइनकाे स्थापना गरिनुपर्ने उल्लेख नेपाली काँग्रेस टिकापुरका क्षेत्रीय सह सचिव कुलराज खनालले जानकारी दिए ।
कार्यक्रम पार्टी भित्रका समस्याका बारेमा उठेका जिज्ञासाकाे जवाफ काँग्रेस महामन्त्री गगन थापाले दिएका थिए ।
काँग्रेस महामन्त्री थापाले यसक्षेत्रका समस्यालाई गम्भीरतापूर्वक लिएकाे समस्या समाधानका लागि सदनमा जाेडदारका साथ उठानगर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनलेे २०८१ सालमा काँग्रेस प्रतिपक्षमा बस्नुपर्ने ,पार्टी भित्रकाे गुटबन्दी अन्त्य गर्नुपर्ने बताएका थिए ।