लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

टीकापुर प्रहरीले अटो सहित अढाइ क्विन्टल धानको बीउ समात्याे

सत्ति / शनिबार बिहान कैलालीको जाेशिपुर बाट टिकापुर ल्याउँदै गरेको अढाई क्विन्टल धानको बीउ अटो सहित टिकापुर प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ गरेको अटो सहितको धानकाे बिउ र अटो आवश्यक कागजात नपुगेको भन्दै प्रहरीले सत्ति भन्सार कार्यालय खक्राैला आइतबार बिहान बुझाएको छ । प्रहरीले अटोकाे ३ लाख र अढाइ क्विन्टल धानको ३६ हजार रुपैयाँ मुल्यांकन गरि भन्सार बुझाएको जानकारी प्राप्त भएको छ ।

जाेशिपुर बाट टिकापुर स्थित कैलाली एग्राेभेट ल्याउने क्रममा प्रहरीले समातेको उक्त बिउकाे सबै कागजात देखाउँदा पनि प्रहरीले कागजात नहेरी भन्सार पठाएको एग्राेभेटका संचालककाे आराेप रहेको छ ।
यस विषयमा जानकारी लिँदा पक्राउ गरेको धानको बिउकाे आवश्यक कागजात आफुलाई प्राप्त नभएकोले भन्सार पठाइएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले सुदुर सन्दर्भ डटकमलाई बताए ।

यता कैलाली एग्राेभेटका लागि टिकापुर ल्याउँदै गरेको धानको बिउ कुन फर्म बाट आएको र आवश्यक भन्सार तिरेको र भ्याट बिल सम्पुर्ण कागजात हुँदाहुँदै पनि अनुसन्धान गर्ने नाममा अटो नियन्त्रणमा लिएर डिएसपी विश्व अधिकारीले एग्राेभेट टिकापुरका संचालकले लिएको कागजात हेर्दै नहेरी यो मुद्दा हामी हेर्न मिल्दैन भन्सारले हेर्ने हो भन्दै फिर्ता पठाएकाे आराेप रहेको छ ।

प्रक्रिया पुगेको सामान प्रहरीले नै सराेकारवाला लाई बुझाउन सक्ने भन्सार पठाउन नहुने एक भन्सार कर्मचारीले बताए । १ प्रतिशत राजस्व लाग्ने कृषिमा आँखा लगाउनुकाे साटो सिमाबाट दैनिक जसाे हुने चाेरि निकासीमा प्रहरीले ध्यान दिनुपर्ने एक स्थानीयले सुदुर सन्दर्भ लाई बताए ।

प्रहरीले समातेको धानको बिउ पैठारीकर्ताले सुदुर सन्दर्भलाई उपलब्ध गराएका कागजातहरु:

 

 


प्रकाशित : २०८१ बैशाख ९ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप