लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

स्वच्छन्द बन्दै टिकापुर प्रहरी : सम्पादकीय

शनिबार बिहान कैलालीको जाेशिपुर बाट टिकापुरकाे कैलाली एग्राेभेटमा ल्याउँदै गरेको २४० किलो धानको बीउ लाेड गरेको अटो सहित टिकापुर प्रहरीले अटो पक्राउ गर्याे। अनुसन्धान गर्ने नाममा अटो नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयमा लियो र दस बजे कागजपत्र लिएर आउने भन्यो तर कागजपत्र सम्बन्धित एग्राेभेटकाे व्यक्तिले लिएर कार्यालय जाँदा डिएसपी विश्व अधिकारीले संचालकले लिएको कागजात हेर्दै नहेरी यो मुद्दा हामी हेर्न मिल्दैन भन्सारले हेर्ने हो भन्दै उनलाई फिर्ता पठाए ।

सबै कागजात रितपुर्वक पुगे पनि उनलेे अटो सहित सामान आइतबार बिहान भन्सार पठाए । अढाइ क्विन्टल धानको बिउकाे मुल्यांकन ९६ हजार रुपैयाँ (जुन मुल्यांकन अस्वाभाविक हो ) र अटोकाे तीन लाख रुपैयाँ हालेको थियो । धानको बिउकाे अस्वाभाविक मुल्यांकन भएको भन्सार तथा अन्यत्रबाट दवाव भएकोले पछि ३६ हजार मुल्यांकन प्रहरीले राखेर भन्सार बुझाएको छ । १ प्रतिशत मात्र भन्सार राजस्व लाग्ने कृषि वस्तुमा व्यापारीले ठगी गर्ने सम्भावना कम हुन्छ ।
शनिबारकाे यो प्रतिनिधि घटना हेर्दा टिकापुर प्रहरी विशेषगरी डिएसपी विश्व अधिकारी स्वच्छन्द हुँदै गएको देखिन्छ ।

यी घटनाले प्रहरी र तिनका कमाण्डरले विधि सम्मत होइन कि आफूलाई जे मन लाग्यो त्यही गर्छन् भन्ने प्रमाणित हुन्छ ।
शक्तिशाली ,उच्च आेहदामा पुगेका व्यक्तिको आदेश मान्ने र कमजोर व्यक्ति माथि कानुनका दफा उपदफाकाे व्याख्या गर्ने गर्छ ।
के यस्तो हर्कत गर्न टिकापुर प्रहरीलाई सरकारी आदेश छ ? टिकापुर प्रहरीकाे गतिविधि हेर्दा आम जनताप्रति असहिष्णु हुँदै गएको मात्र होइन निरंकुश हुँदै गएको भन्न सिद्धान्तका कुनै ठेली पल्टाइरहनु पर्दैन तर, यस्तो किन भइरहेको छ त ? र, यस्ता घटनाले दिने परिणाम के हो ? बुझ्न आवश्यक छ ।

टिकापुर प्रहरीले सिमा बाट लुकिछिपि हुने गरेको तस्करीकाे बारेमा बेखबर भएकै हो त । डिएसपी अधिकारीले सुचना संकलन गर्ने बहानामा अझै घुमुवा राखेका छैनन् त । अनि भन्सार तिरेर सामान ल्याउनेकाे सामान बिच बाटो छरपस्ट पारेर साना व्यापारीलाई दुख दिने गरेको छैन र नियमित महिनावारी बुझ्ने व्यापारीकाे सामान सकभर नसमात्ने समाते पनि सामान मात्रै समात्ने गरेको छैन र । सिमाना शान्त छ अर्थात तस्करी घटेको छैन ।

तीन हप्ता अघि मात्र डिएसपी अधिकारीले छाडेको दुई जना घुमुवा प्रहरीले टिकापुर ७ दिव्यपुर बाट दुई क्विन्टल चिनि सहित अटो र अटो चालकलाई माेटाे रकम दिने व्यापारीले अटो छाड्न भनेपछि अटो चालक र अटो छाडेर दुई क्विन्टल चिनि मात्रै भन्सार बुझाएको होइन र ।
टिकापुर प्रहरीले सिमामा होइन आफ्नो जनशक्ति लाई टिकापुर बजार र लम्कि जाने बाटोमा राम्रोसँग परिचालन गराेस् दैनिक विना भन्सार भित्रीएका दस वटा अटो सामान समात्न सक्छ । प्रहरीको यस्तो कामले प्रहरीप्रति सहानुभूति होइन आक्रोश बढ्ने छ। यस्ता घटनाले प्रहरी प्रति आक्रोश बढाउने देखिन्छ ।

सडकमा ड्यूटी गर्ने प्रहरीले ड्युटीकाे नाममा कबाडी खरिद गर्ने देखि शिरकाे पसिना पैताला पुगाएर भन्सार तिरेर पनि ५० रुपैयाँ प्रहरीलाई विना कारणले दिने व्यक्तिलाई साेधे हुन्छ ती व्यक्ति कति आक्रोशित छन् भनेर । उसले प्रहरीलाई देशको अर्को अपराधीका रुपमा हेर्दैन त ?
जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने स्थायी सरकारको प्रतिनिधि टिकापुर प्रहरी शक्तिको पुजारी र कमजोर वर्गको लागि अभिषाप बन्दैछ
सिमानामा खटिने प्रहरी भनेका जनतालाई दुख दिन मात्रै हुन, भ्रष्ट हुन्छन्, घुस्याहा हुन्छन भन्ने भाष्य भैसकेको छ । यसलाई सच्याउने कि ।

प्रहरी सबै साँच्चै घुस्याहा र भ्रष्ट हुन्छन् भन्ने पनि होइन ।
प्रहरीले अनुसन्धान गर्ने बहानामा जनतालाई कतिञ्जेल दुख दिने, मिडिया र नागरिक समाज बलियो नहुँदा प्रहरीले अराजकता देखाउने गरेको बुद्धिजीवीहरुकाे विश्लेषण छ । यदि मिडिया र नागरिक समाज बलियो भैदिने हो भने मात्र धेरै हदसम्म प्रहरी सहि दिशामा हिँड्ने छ। टिकापुर प्रहरी ‘उत्तरदायी प्रहरी’ बन्नुपर्छ । टिकापुर प्रहरी सच्चिन जरुरी छ।


प्रकाशित : २०८१ बैशाख ९ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप