लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

दिल्लीमा होटल व्यवसायमा सफलता चुम्दै टिकापुरका माेहन

भिम वि.क.दिल्ली / भारतकाे राजधानी दिल्लिकाे मालवि नगरमा सञ्चालित ग्यालेक्सी किचनका सञ्चालक टिकापुरका माेहन जाेशिले होटल व्यवसाय गरी सफलता चुम्ने यात्रामा छन ।
३ महिना अघि मात्र दिल्लीकाे मालविनगरमा ग्यालेक्सी किचन संचालन गरेका होटल सञ्चालक माेहन जाेशि भन्छन, स्थापना भएको छाेटाे समयमै ग्राहकको राेजाइमा परेकाले भर्खरै संचालन भए पनि होटल व्यवसायबाट खुसी छु ।

विदेशमा हालै संचालन गरेको यस व्यवसायले मलाई नाम र दाम दुबै दिएकाे छ । स्तरीय सेवा ,स्वादिस्ट खाना र मुस्कान सहितको माैलिक नेपाली शैलीको अतिथि सेवाले सबैको रोजाईमा ग्यालेक्सी किचन होटल परेको छ उनलेे भने । विशेषगरी नेपाली खाना र नेपाली परिकारले ग्राहकको मन जितेको छ उनलेे दावी गरे ।

मासिक ८० हजार रुपैयाँ भाडा रहेको र थप सेवा विस्तार गर्ने साेचमा रहेका जाेशिले बताए । अहिले उनले होटलमा नेपाली र दार्जिलिङका १२ युवाहरूलाइ रोजगारी दिएका छन । उनीहरुले १० हजारदेखि २० हजारसम्म तलब पाएका छन । चिटिक्क परेकाे ,एसी रूम ,सफा वातावरण , स्वस्थ्य खाना र खाजा यस होटलका विशेषता हुन ।

अनलाइन मार्फत पनि सेवा प्रदान गर्ने गरेको उनलेे बताए । उनले आगामी दिनमा बिस्तारै सेवा सुविधा थप गर्ने योजना रहेको जानकारी दिए । उनले कैलाली टिकापुरमा लामो समय ग्यालेक्सी होटल संचालन गरेको र त्यही ब्रान्ड दिल्लीमा स्थापित गर्ने उनलेे योजना रहेको बताए ।

नयाँ ठाउँमा होटल सञ्चालन गरे। महंगो घर भाडा भएकोले होटल चल्न कठिन हुने अडकल उनका साथिभाइले नगरेका होइनन् तर, धेरैको अनुमानको विपरित राम्रो सुविधा र मिठो सत्कारका कारण होटलले गति लिन थालेको उनको भनाइ छ ।
उनको होटलमा नेपाली स्वादका लागि भारतीय युवाकाे लाइन लाग्ने गरेको उनका कर्मचारीले बताए । विशेषगरी चाउमिन, माेमाे भारतीय ग्राहकले रुचाउने गरेको उनलेे बताए ।


प्रकाशित : २०८१ बैशाख ९ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप