लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

देशभर गर्मी बढ्यो, तराईमा ‘लु’

तराईका विभिन्न जिल्लामा ‘लु’ (तातो हावा) चल्न थालेको छ । एक सातायता वर्षा नहुँदा र वनजंगलमा डढेलो बढेसँगै भैरहवा, सिमरा, जनकपुरलगायत क्षेत्रको तापक्रम ‘लु’को अवस्थामा पुगेको हो ।

 आइतबार तराईका पाँच ठाउँको अधिकतम तापक्रम ३८ डिग्री नाघेको छ । भैरहवामा अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस मापन हुँदा जनकपुरमा ४०.२ डिग्री पुगेको छ । धनगढीमा ३८.५, नेपालगन्जमा ३८.४ र सिमरामा ३९.२ डिग्री सेल्सियस मापन भएको छ । अघिल्लो दिन शनिबार भैरहवामा ४३.६, नेपालगन्जमा ४२.२ र धनगढीमा ४१.२ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो ।

‘तराईमा केही दिनदेखि तापक्रम बढेको छ, बादल लाग्दा आइतबार केही घटे पनि सोमबारबाट फेरि बढ्ने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘तत्काल वर्षाको सम्भावना पनि देखिँदैन ।’ 

तर, मौसम विभागले तराईमा ‘लु’ चलेको आधिकारिक घोषणा भने गरेको छैन । जल तथा मौसम विज्ञान विभाग जलवायु महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंले मधेश प्रदेशको पश्चिम क्षेत्र (रौतहट, पर्सा  र लुम्बनीको भैरहवा)मा ‘हिटवेभ’को मापदण्ड नाघेको बताए । ‘तर, यो सानो क्षेत्रमा मात्र देखिएको छ, पूरै तराईमा हिटवेभ छैन,’ उनले भने, ‘त्यही भएर हामीले लु  भनिसकेका छैनौँ ।’ सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा ‘लु’ चल्न थाल्छ ।

कुन क्षेत्रमा कति डिग्री तापक्रम पुग्दा ‘लु’ चलेको मानिने भनेर छुट्टै मापदण्ड तय भएको छ । विभागले बनाएको मापदण्ड हेर्दा पनि तराईमा हल्का र मध्यमस्तरको लु (तातो हावाको बहाव) देखिएको छ । जल तथा मौसम विज्ञान विभागकाे कार्यालय भैरहवाका वरिष्ठ मौसमविद् वरुण पौडेलले तराई क्षेत्रको धनगढीदेखि सिमरासम्म तापक्रम बढ्दै गएको बताए । ‘भैरहवामा गर्मी निकै बढेको छ, एक साता भयो पानी नपरेको, त्यही भएर पनि तापक्रम बढेको हो,’ उनले भने ।


प्रकाशित : २०८१ बैशाख १० सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप