लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सर्वोच्च अदालतलाई रञ्जिताको जवाफ- रेशम चौधरीको माफी मिनाहाले कसूरको अन्त्य हुँदैन, रिट निवदेन खारेज गरिपाउँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज गर्न माग गरेकी छन्‌। सर्वोच्चलाई ११ बुँदे लिखित जवाफ पेश गरेकी रञ्जिताले रेशम चौधरीला फौजदारी अभियोग लागेको व्यक्ति, टीकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति, त्यस्ता व्यक्ति राजनीतिक दलको सदस्यसमेत हुन नपाउने लगायत जवाफ पेस गरेकी छन्‌ ।

उनले टीकापुरमा भएको पार्टीको महाधिवेशनलाई कथित महाधिवेशन भनेकी छन्‌। “नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा आफ्नो बहालीको माग नभई कथित महाधिवेशनबाट विधान विपरीत निर्वाचित सबै पदाधिकारीको तर्फबाट समेत निज स्वयं रिट दिएको देखिन्छ, उनले भनेकी छन्‌। रेशम चौधरीलाई संस्थाको तर्फबाट रिट निवेदन दिने अधिकारसमेत नरहेको उनले उल्लेख गरेकी छन्‌।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीको विधानले नैतिक पतन देखिने अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएका व्यक्ति सदस्य हुन नपाउने प्रवधान हेको समेत उनले उल्लेख गरेकी छन्‌।

उनले थुनामुक्त भएको ७ महिनाभित्र महाधिवेशनबाट अध्यक्ष चुनिने कुरा पनि विधान विपरीत रहेको उल्लेख गरेकी छन्‌। रञ्जिताले यसअघि सर्वोच्चले दिएको आदेशर राजनीतिक दलसम्बन्धी ऐनको व्यख्या गर्दै भनेकी छन्‌, उल्लेखित फैसलामा प्रयुक्त शब्वलीबाट प्रहरीहरुलाई एक प्रकारले अपहरण गरी आत्मसमर्पण गरेको व्यक्तिलाई हत्या गरेको र हत्याको प्रकृतिबाट निजहरुको अपराध सभ्य समाजको अपेक्षा र मानवीय चेतनाविरुद्ध रहेको भन्ने उल्लेख भएको परिप्रेक्ष्यमा निज कुनै पनि राजनीतिक दलको सदस्य हुन सक्ने अवस्था नभएको भनी निर्वाचन आयोगले गरेको निर्णयमा त्रुटि रहेको हुँदा दरभागी छ भन्ने रिट निवेदन दाजी गरेज गरिपाउँ।’ उनले पार्टीको वैधानिक र संस्थापक अध्यक्ष आफूलाई निवर्तमान अध्यक्ष भन्नू कानुन विपरीत रहेको बताएकी छन्‌।

उनले राष्ट्रपतिबाट आममाफी पाए पनि कसूरकोआधारमा उतन्न हुने दुष्परिणाम यथावत रहने उल्लेख गरेकी छन्‌। “माफी मिनाहाद्वारा सजायबाट दिइने छुटकाराले माथि उल्लेखित यस्ता ‘“कोलाटेरल कन्सीक्वेन्सेस अफ क्रिमिनल चार्जेज’बाट भने छुटकारा दिन नमिल्ने अवस्थाको सिर्जना गरेकोमा माफी मिनाहाले कनै व्यक्तिको नैतिक चरित्रको पुनस्थापना गर्दछ भन्ने कुतर्क गर्न नमिल्ने हुन्छ,’ उनले जवाफमा लेखेकी छन्‌।

#साभार : थारुवान डटकम


प्रकाशित : २०८१ बैशाख १० सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप