लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एमाले रसुवाको अधिबेशन केपि ओलीले उद्घाटन गर्ने

हेमनाथ खतिवडा,रसुवा /एमाले रसुवाकाे अधिबेशन २२ गते केपी ओली रसुवा जाने जिल्लाको पाँच गाउँपालिका, २७ वटा वडा कमिटी र वर्गीय संगठनहरूबाट प्रतिनिधि छनोट तथा प्रचारको काम अघि बढेको जिल्ला उपाध्यक्ष तथा अधिबेशन प्रचार प्रसार कमिटीका संयोजक डिल्ली सुवेदीले बताए ।

अधिबेशनका लागि भूगोलबाट १० सदस्य बरावर १ जना प्रतिनिधी जिल्ला अधिबेशनका लागि मापदण्ड बनाएको छ । एमालेको प्रथम रसुवा जिल्ला जिल्ला अबिधेसन २०५५ बैशाख २६ र २७ गते प्रमुख अतिथि सुरेन्द्र पाण्डे रहेका थिए । ०५८ जेठमा दोस्रो जिल्ला अबिधेशन भयो ।

२०६१ साल मंसिर १९ गते तेस्रो जिल्ला अबिधेशन भयो भने ०६५ सालमा पाँचौ अबिधेशन भयो । छैठौं जिल्ला अबिधेशन २०६६ फागुन १५ र १६ गते भयो । त्यस्तै गरी सातौ अधिबेशन ०७२ साल पुस १ देखि ३ गतेसम्म भएको थियो भने ०७८ पुस २३ र २४ गते आठौं अधिबेशन सम्पन्न संयोजक सुवेदीले पत्रकारहरुलाइ जानकरी दिए ।

वैशाख २२ गते धुन्चेमा उद्घाटन हुने ९ औं जिल्ला अधिबेशनका लागि वडा कमिटीबाट प्रतिनिधी छनोट गर्नका लागि निर्वाचन अधिकृत तोकेर प्रतिनिधी छनोट बारे छलफल समेत गरेको पार्टी जिल्ला कमिटी सचिव जनार्दन ढकालले बताए ।

शनिबार कालिकास्थानमा निर्वाचन अधिकृतहरूको भेला गरी वैशाख १५ गते एकैदिन प्रतिनिधी छनोटका लागि निर्वाचन अधिकृत तोकेर खटाइएको छ उनले भने जिल्लाका पाँचवटै पालिकामा रहेका ३ हजार १ सय ९ जना सदस्यहरुले वडा तह तथा जनवर्गिय संगठनहरूबाट गरी कुल ४ सय ५० जना प्रतिनिधी छानिने छन् ।
भेलामा पार्टी उपसचिव कैसाङनुर्पु तामाङ, जिल्ला नेताहरू उद्दव रिजाल, निर्वाचन कमिटी संयोजक नारायण देवकोटालागायत नेताहरूले प्रतिनिधी छनोटको बिधि तथा निर्वाचन प्रक्रिया बारे सहजिकरण गरेका थिए ।
अधिबेशन उद्घाटनका लागि २२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली आउने बताइएको छ ।


प्रकाशित : २०८१ बैशाख ११ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप