लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सोडारी भए सुदूरपश्चिमको चौथो मुख्यमन्त्रि

April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  

सत्ति / सुदूरपश्चिम प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादीका दलका नेता दीर्घबहादुर सोडारीले मुख्यमन्त्री पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई सपथग्रहण गराएका हुन । प्रदेश प्रमुख मियाले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार बिहीबार साँझ नै मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।
सपथग्रहण पछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै मुख्यमन्त्री सोडारीले सुदूरपश्चिमको विकासका लागि सबै राजनीतिक दल लगायतका क्षेत्रसंग सरसल्लाह र सहकार्य गरेर जाने बताए ।
मुख्यमन्त्री सोडारीले सत्ता गठवन्धनका दलहरुसंग छलफल गरेर चाँडै मन्त्री परिषदलाई पूर्णता दिने पनि बताए ।
उनले बिहीबार राति नै मुख्यमन्त्री कार्यालय गएर आफ्नो पदभार ग्रहण गरे । पदभार गर्दे उनले सुदूरपश्चिम सरकारद्धारा सञ्चालित कार्यक्रमको अनुगमन र मूल्यांकन अझ प्रभावकारी बनाउने पहिलो निर्णय गरेका छन् ।
सपथग्रहणमा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, राष्ट्रिय सभाका सदस्य मदनकुमारी शाह (गरिमा), पूर्व मुख्यमन्त्रीहरु राजेन्द्रसिंह रावल, त्रिलोचन भट्ट लगायतको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणका दल नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १० , नेकपा ( एकीकृत समाजवादी) चार , नागरिक उन्मक्तीका सात मध्ये २ जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ ।
सो संख्या सुदूपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभा मा हाल ५२ जना रहेका छन् ।
सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा गरेपछि उत्पन्न भएपछि समाजवादीका दलका नेता सोडारीले मुख्यमन्त्री हुने अवसर पाएका हुन ।
यस्तो छ मुख्यमन्त्री सोडारीको विगत
मुख्यमन्त्री दीर्घबहादुर सोडारी बुवा लोकबहादुर सोडारी र आमा कटुदेवीको कोखबाट २०३४ फागुन १६ गते अछामको हालको मंगलसैन नगरपालिकाको कालागाउँमा जन्मेका हुन ।
सोडारीको माविसम्मको शिक्षा अन्नपूर्ण माविमा भएको थियो भने उच्च शिक्षाको अध्ययन कैलाली बहुमुखी क्याम्पसमा भएको थियो । स्नातक तह सम्मको अध्ययन गरेका सोडारी २०४६ सालमै नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियू को सदस्य, २०४८ सालमा अछाम क्षेत्र न–२ को क्षेत्रीय सचिव भए । उनी कैलाली बुहुमुखी क्याम्पसमा ०५१ सालमा अनेरास्ववियू प्रारम्भिक कमिटीको उपाध्यक्ष, अध्यक्ष हुदै जिल्ला सदस्य र केन्द्रीय सदस्य भए ।
२०५० सालदेखि मसुरियामा बसोबास र पार्टी राजनीति थालेका सोडारीले पार्टीको तत्कालिन इलाका कमिटी सचिव, २०६० सालमा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुदै छैठौं जिल्ला अधिवेशनबाट २०६६ सालमा पार्टीको जिल्ला सचिव चुनिए । उनी सातौ अधिवेशन बाट २०७० सालमा नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । पाका पुराना पार्टी नेता रहेको कैलालीमा पुरानो र नयाँ पुस्ताबीच समन्वयकारी भूमिकामा पोख्त सोडारी ३६ वर्ष कै उमेरमा एमालेको अध्यक्ष चुनिएका थिए । यसका साथै उनले नेकपा (एमाले) को आठौं र नवौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्न अवसर पाएका थिए ।
२०७० सालमा भएको संविधान सभाको निर्वाचन मा कैलाली क्षेत्र न ४ बाट संविधान सभा सदस्य पदमा उम्मेदवार भएका सोडारी माओवादी केन्द्रका उम्मेदवारसंग पराजित भए भने २०७४ एमाले र माओवादी गठवन्धनका साझा उम्मेदवार भएर चुनाव कैलाली क्षेत्र न ४ को प्रदेश सभा (क) बाट जितेका थिए ।
कुशल संगठककारुपका क्रियाशील युवा नेता सोडारी २०७४ असारमा सम्पन्न स्थानीयको तहको निर्वाचनमा नेकपा (एमाले) कैलालीका १३ मध्ये ७ वटा तहमा प्रमुख पदमा निर्वाचित गराउन सफल भए । उनकै पार्टी नेतृत्वकालमा एमालेले कैलाली मा पहिलो पटक जिल्ला समन्वय समिति वनाउन सफलता हासिल गरेको थियो ।
उनी ०७४ को सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकास र भौतिक पूर्वाधार विकास मन्त्री गरेर दुईपटक मन्त्री भएका थिए ।
एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी को केन्द्रीय सदस्य भएका सोडारी सोही बेला समाजवादीको दलको नेता भएका थिए ।
०७९ मा कांग्रेस, माओवादीबाट कैलाली क्षेत्र न ४ को प्रदेश सभाक (क) बाट फेरि निर्वाचित भएका मुख्यमन्त्री सोडारी अहिले समाजवादीको दलको नेता छन् ।


प्रकाशित : २०८१ बैशाख ६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप