लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सुदुरपश्चिम प्रदेश सरकार गठनले लियो अर्को मोड, मुख्यमन्त्रीमा समाजबादीले दाबी गर्ने

सुदुरपश्चिम प्रदेश को राजनीति ले नयाँ मोड लिएको छ । केही दिन यता सरकार गठन मा अल्झिएको राजनीतिले मंगलबार अर्कै मोड लिएको छ ।

जस अनुसार नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

मंगलबार एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई एक पत्र बुझाउँदै लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जानकारी गराएको हो ।

यसअघि गत आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दलसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए ।

सत्तारुढ गठबन्धनमा आफूहरुलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन दिएको थियो ।

तर काठमाडौंमा सत्ता गठबन्धन जोगाउन सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने विषयमा छलफल भएपछि यसअघि दिएको समर्थन फिर्ता लिएको हो ।

सुदूरपश्चिममा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्दा नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले पनि दाबी गरेका छन् । मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाले कानुनी परामर्श गर्ने भन्दै मुख्यमन्त्री नियुक्त गरेका छैनन् ।


प्रकाशित : २०८१ बैशाख ४ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप