लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

साहारा नेपाल ( साकोस ) शनिस्चरे शाखाले तिन परिवारहरुलाई ऋण मिनाहा संगै राहत वितरण

साहारा नेपाल ( साकोस ) शनिस्चरे शाखाले सोमबार शेयर सदस्यको मृत्यु हुदा निजको परिवार सदस्यलाइ वितरण गरिने “परिवार राहत कार्यक्रम” अन्तर्गत तिन परिवारहरुलाई ऋण मिनाहा संगै राहत वितरण गरेको छ ।

 बिस्वनै कोरोना भाइरस अर्थात कोभिड -१९ को जोखिम परिस्थितिमा गुज्रिरहेको बेला यो कठिन परिस्थितिमा साहारा नेपाल ( साकोस ) शनिस्चरे शाखा प्रबन्धक लक्ष्मी प्रसाद रिजालको नेतृत्वमा शेयर सदस्यहरुको घर-घरमा गएर परिवारहरुलाई ऋण मिनाहा संगै राहत वितरण गरेको हो ।   

राहत पाउनेहरुमा अर्जुनधारा वार्ड न.५ निवासी शेयर सदस्य पशुपति भट्टराईको मृत्यु भएकोले शेयर सदस्यको मृत्यु हुदा निजको परिवार सदस्यलाइ वितरण गरिने “परिवार राहत कार्यक्रम” अन्तर्गत निजको ८७ बर्सिय आमा र दुर्घटनामा परेर ओछ्यानमा थलिएकी निजको श्रीमती लक्ष्मी भट्टराईलाइ राहत स्वरूप २,००,००० ( दुइ लाख ) उपलब्ध गराइयो त्यसैगरी अर्जुनधारा वार्ड न.५ निवासी लघुवित्त समुहमा आबद्ध उमा देवी चिमरियाको मृत्यु भएको हुदा निजले लिएको ४,००,०००  ( चार लाख ) कर्जा रकम मिनाहा साथै राहत स्वरूप काज क्रिया खर्च बापतको रकम निजको छोरि सरु मैनालीलाइ एकमुस्ट ५,२१,१४७ रुपैया उपलब्ध गराइयो भने “परिवार राहत कार्यक्रम” अन्तर्गत अर्जुनधारा वार्ड न.८ निवासी शेयर सदस्य सिधार्थ सोमानीको मृत्यु भएकोले निजको श्रीमती लिला देवी सोमानीलाइ २,००,००० ( दुइ लाख ) हस्तान्तरण गरियो ।   

उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा न. ८ का वडाध्यक्ष गोपी चन्द्र गौतम , वडा न.५ का वडाध्यक्ष ध्यान बहादुर भारती, सेवा केन्द्र संचालन सहयोग समिति सदस्य छविलाल शिवाकोटी, साहारा नेपाल ( साकोस ) शनिस्चरे शाखा प्रबन्धक लक्ष्मी प्रसाद रिजाल लगायत कर्मचारीहरु अमिप कु गणेश, अन्जना कार्की र सुस्मा सुवेदी लगायतको उपस्थिति रहेको शनिस्चरे शाखा प्रबन्धक लक्ष्मी प्रसाद रिजालले अर्जुनधारा डट कमसंग को कुराकानीमा बताए  ।  

 


प्रकाशित : २०७७ असार ३० मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप