लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अर्जुनधारा साउन ६ झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज मङ्लबार एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले कृषकसंगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ५३ कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो ।

नगरप्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, नगरपालिकाका पशुपंक्षी ,मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले संयुक्तरूपमा च्यापकटर मेशीन कृषकलाई हस्तान्तरण गरेका थिए । नगरप्रमुख रानाले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यन्त्र प्रदान गरेको बताए । कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको नगरप्रमुख रानाको भनाई छ । नगरले साझेदारीमा नगरक्षेत्रका १४ जना किसानलाई मिल्क क्यान पनि प्रदान गरेको छ । साथै नगर क्षेत्रका अति विपन्न २० कृषकलाई नगरपालिकाले निशुल्क च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको पशुपंक्षी ,मत्स्य तथा कछुवा विकास शाखाले जनाएको छ । कार्यक्रमको सञ्चालन पशुपंक्षी ,मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले गरेका थिए ।


प्रकाशित : २०७७ श्रावण ६ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप