लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

जाकाराण्डाको फूलले सजायो सहर (फोटो फिचर)

काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा एउटा नीलो फूल फुलेको देखिन्छ । सडक किनाराका झ्याम्म हाँगा फिँजिएका रुखभरि नीलो फूल देख्दा सहर पनि रमाइलो देखिन्छ ।

धेरै लामो समयदेखि फुल्दै आएको यो फूलको नाम जाकाराण्डा हो । लकडाउनका कारण सवारी साधन र पैदलयात्रीको चाप कम भएका बेला सहरका सडक किनारा र पार्क छेउमा जाकाराण्डाले श्रृङ्गार भरेको छ ।

दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सिंहदरबार, शहीदगेट र टुँडिखेल वरपरका सडक छेउमा जाकाराण्डा फुलेको देखिन्छ ।

तर लकडाउनले यो सौन्दर्यको रसास्वादन गर्नेको कमी छ । तर, भिडलाई हेरेर फुल्दैन प्रकृति । बरु झनै स्वतन्त्र बनेर फुलेका छन् फूलहरू । फुटपाथमा खसेका फूलहरूलाई कुल्चिने कोही छैनन् । त्यसैले फुटपाथसमेत नीलाम्मे भएका छन् ।


प्रकाशित : २०७७ श्रावण ७ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप