लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

पत्रकारीता होइन लहडबाजी ! भिम वि.क.

अहिले नेपालका सञ्चार माध्यमको विषयवस्तु र प्रवृत्तिबारे बहस चलेको छ । दलका नेताले बाटो बिराउन सक्लान्, विचलित र स्वार्थ केन्द्रित दाउपेचमा तल्लीन हुन पनि सक्लान् तर मिडिया विचलित, कर्तव्य च्यूत र भ्रमित हुन पाउंदैन । एकातिर मिडियालाई सदाबहार प्रतिपक्षी भूमिका र व्यवहारमा हेर्ने दृष्टिकोण छ भने अर्कोतिर रचनात्मकता र तथ्यमा आधारित जवाफदेही पत्रकारिता गर्नुपर्छ भन्ने आम अपेक्षा पनि छ ।

पत्रकारमा आलोचनात्मक चेत हुन्छ । कुरिति र अन्याय, गैरकानुनी व्यवस्थाका निम्ति मिडिया जहिले पनि प्रतिपक्ष हो । कि गलत प्रवृतिका विरुद्धमा मिडिया सदैव प्रतिपक्ष हुन्छ भनेर साथ, सहयोग र रचनात्मक आलोचना संधै चाहिन्छ, पत्रकारिता गर्दा मुलुक र समाजप्रति आफ्नो पनि जिम्मेवारी छ है भन्ने हुनुपर्छ । पत्रकारिताको सुख नै आफूले लेखेको लेख, सम्पादकीय वा समाचारले समाजमा ल्याउने परिवर्तन हो । आफूले उठाएका विषय सम्बोधन हुंदा सबैभन्दा खुशी त्यो क्षण हुन्छ । पत्रकारिता आफैमा दुःखी पेशा हो ।

जसरी घरमा आमा शिक्षित हुंदा उनका सन्तान स्वतः शिक्षित हुन्छन्, त्यसैगरी पढेलेखेका पत्रकारले पत्रकारिता गर्दा आम जनतामा सूचना सम्प्रेषण हुन पुग्छ । पत्रकारसंग गलत गर्ने ठूला ठूला तानाशाह डराउँछन् । एउटा कमिसन खोर आफु ,भ्रष्टाचार गर्छ अनि पत्रकारलाई दोष दिन्छ । उसलाई कसरी ठीक पार्ने भन्नेबाहेक दिमागमा अरु हुँदैन । एक असल पत्रकारले सामाजिक कुरीति, विसंगति र बेथिति बारे उजागर गर्दा त्यसले समाज परिवर्तनलाई ठूलो सघाउ पुग्छ । मुलुकको अर्थतन्त्र सानो छ ।

उद्योग, कलकारखाना कम छन् । जे पनि आयात गर्नुपर्ने स्थिति छ । यसको सिधा असर पत्रकारितामा पनि पर्छ । किनभने मिडिया पनि व्यवसाय नै हो । कोभिड १९ का कारण उद्योगधन्दा र व्यापार चौपट हुँदा मिडिया साना ठुला हाउस मुस्किलले पुनः संचालन भए । पत्रकारिता पनि यही समाजको एउटा अंग भएकाले मुलुकको अर्थतन्त्रमा आउने उतारचढावको असर त परिहाल्छ नै । अर्थतन्त्रको आकार बढ्ने, उद्योग यहीं खुल्ने, रोजगारी यहीं मिल्ने अवस्था आएपछि बल्ल विज्ञापन बढ्न थाल्छ । अब आचारसंहिता विपरीत गएर समाचार लेख्ने, व्यक्तिगत इबी सांध्नकै लागि समाचारलाई हतियार बनाउने, विज्ञापन नदिए ‘जाइलाग्ने’ सिमाक्षेत्र पुगेर दुईचार फोटो खिचेर दामपैसा झार्ने जस्ता केहि प्रवृत्ति पनि हाम्रै वरपरका प्रवृति हुन्, जुन पत्रकारिताका नराम्रा पक्ष हुन् । अर्काे सबैभन्दा डरलाग्दो पक्ष भनेको राजनीतिक दलका कार्यकर्ता पत्रकार भएका छन् । कुनै दल विशेष र त्यो दलको पनि निर्दिष्ट एउटा गुटको प्रतिनिधित्व गर्ने पत्रकारले कस्तो समाचार सम्प्रेषण गर्ला ? नेताको फेर नसमातीकन यहाँ पत्रकार महासंघको सदस्य पनि नहुने परिपाटी छ ।

जब निर्दिष्ट नेताको चाकडी गरेर पत्रकारिता गर्छ, समाजका लागी होईन फुर्ति देखाउनका लागी ,दुई नम्बरी बाईक र विना लाईसेन्स बाईक चलाउनका लागी मात्र पत्रकारीता गर्ने यदाकदा देखिन्छन् । यो हाम्रो पत्रकारिताको सबैभन्दा विकृत पक्ष हो । पत्रकार पहिले आफूले अध्ययन गर्नुपर्‍यो । हाम्रो सेरोफेरोको पत्रकारितामा अध्ययन कम छ । पेसाको मुलमन्त्र ,आचारसंहिताको ज्ञान विना पत्रकारीता चौबाटोको मादल बन्न सक्छ ,जुन मादललाई रामो या नराम्रो व्यक्तिले बजाउने सम्भावना हुन्छ ।

पत्रकारिता भनेको जागिर होइन । यो सिर्जनात्मक अभिव्यक्तिको एउटा कला हो । अध्ययन गरिरहनुपर्छ । विभिन्न घटनाबारे आफूलाई अद्यावधिक राखिरहनुपर्छ । सधैं नयाँ कुरा लेख्नलाई पढ्नैपर्छ । त्यसैले यो कला हो । पत्रकारिता चुनौतीपूर्ण तर पवित्र पेशा हो । एउटा समाचारले कुनै व्यक्तिको जीवन बच्न सक्छ । एउटा समाचारले एक विपन्न परिवारको जिवनमा परिवर्तन आउन सक्छ , जेहन्दार भएता पनि कमजोर आर्थिक अवस्था भएको विद्यार्थीको भविष्य बद्लिन सक्छ ।

एउटा समाचारले व्यक्तिको घर भाँडिनबाट जोगिन सक्छ । एउटा समाचारले राष्ट्रियतालाई बलियो तुल्याउन मद्दत गर्छ । त्यसैले यो पेशा गम्भीर हो । सिधै जनता, राष्ट्र, राष्ट्रियता, मानव अधिकार र लोकतन्त्रसंग जोडिएको छ । यस्तो पेशामा कटिबद्ध र व्यवसायिकता हुनुपर्छ नकि लहडबाजी पत्रकारिता जति सबल हुन्छ, राष्ट्र र राष्ट्रियता पनि बलियो हुन्छ ।


प्रकाशित : २०७८ चैत्र ५ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप