लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

टीकापुर घटनाको समाधान राजनीतिक रुपमा गर्न माग

विनय कुश्मि ,काठमाडौ / टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट गर्न माग गरेका छन् । टीकापुर घटना राजनीतिक रहेको भन्दै राजनीतिक तवरबाट नै समाधान गर्न माग गर्दै बुधबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । २०७२ सालमा थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुर घटना घटेको थियो । सो घट्नामा हिंसात्मक झडप हुँदा ८ सुरक्षाकर्मी सहित एक बालकको ज्यान गएको थियो । घटनामा दोषी ठहर भइ निलम्बित सांसद रेशम चौधरी सहितका व्यक्तिले जेल जीवन बिताइरहेका छन् ।
टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायका व्यापारिक फर्म, घर जलाइनुका साथै लुटपाट गरिएको थियो । ८ गतेका घटनाका दोषी माथि कारबाही भएको छैन । काठमाण्डौं पुगेर टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न माग गरेका थारु रेशमको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीबाट टीकापुरको मेयरमा निर्वाचित भएका हुन ।
यसैगरी, उनले टीकापुर क्षेत्रको विभिन्न समस्याका बारेमा पनि ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गरि दिन मन्त्रीलाई आग्रह गरेका छन् । मेयर डङ्गौराले सोही माग राख्दै अरु मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।


प्रकाशित : २०७९ असार १५ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप