लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

टीकापुरका हरेक गलत प्रवृत्तिका विरुद्ध आफ्नो आवाज बुलन्द गर्दै आएका युवा प्रकाश खडकाको टीकापुर नगरपालिकालाई खबरदारी गर्दै सुझाव

मेयर,उपमेयर वडा अध्यक्ष कार्यपालिका सदस्यको टिम मिलेर स्थानीय सरकार बनेको हुन्छ ! पुर्वी कैलालीको टीकापुर नगरपालिका भित्र ठूलो अन्तरद्वन्द रहेको छ ! उपमेयरले मेयरलाई उछिन्दै टिकापुर नगरपालिकाको १०० दिनको उपलब्धि भनेर मिडियामा सार्वजनिक गरेपछि अन्तरद्धन्दको सुरुवात त्यही बाट सुरु भएको भन्ने बुझिन्छ ! त्यसको केही दिन पछि मेयरलेले नगरपालिकाको १०० दिनको उपलब्धि भन्दै मिडियामा सार्वजनिक गरे ! टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित केही कर्मचारीको गुट उपमेयरले हाँकेको सुन्नमा बजारमा आएको छ ! नगर प्रमुख रामलाल डगाैरा थारुलाई टीकापुर नगरपालिकाका हाकिमले अधिकाँश कुरामा क्रस गरेर उपमेयरको निर्देशनमा चलेको भन्ने सुन्नमा बजारमा सहजै सुनिन्छ । 
टीकापुरको खड्क चोकमा हाइमास्ड लाइट जडान मेयरले उद्धघाटन गरेपछि,उपमेयरले आफ्नो फेसबुक वालमा स्टाट्स लेखेर आपत्ति जनाएका थिए ! त्यस्तै टीकापुर नगरपालिकाको शिक्षा समिति गठन पनि उपमेयरका कारणले नै अनिश्चितकालका लागि रोकिएको चिया चर्चामा सुनिने गरेको छ ।
कार्यपालिकाको बैठकमा शिक्षा समिति गठन प्रक्रिया अघि बढाउदै गर्दा उपमेयरले स्वयम आफू व्यवस्थापन समितिको अध्यक्ष भएको स्कुल बाट मैले भनेको व्यक्तिको नाम शिक्षा समितिमा सिफारिस नभए,यो प्रक्रिया अघि बढाउन नदिने र माइनेट च्याती दिने,बैठकको निर्णय टाइप गर्ने ल्यापटप फुटाउने भनेर बैठकमा हंगामा गरेकाे सुन्नमा आउनु आम टिकापुरबासिका लागि दुखद खबर हो ।
टीकापुर नगरपालिकाले २०७९/०८/२० गतेका दिन सार्वजनिक जग्गा अतिक्रमण खाली गर्न वडा नम्बर ४ बाट दुइटा टहरामा डोजर चलाएर सुरुवात गरेको थियो ! दुइटा घरमा चलेको डोजरको बिषय लाई लिएर अहिले टीकापुर नगरपालिकामा चर्चाको बिषय बनेको छ ! पीडित पक्षले २३ गते लालपुर्जा वाला जग्गामा डोजर चलाइएको भनेर टीकापुर नगरपालिकामा तालाबन्दी गरे । अब डोजर चल्ने कि नचल्ने यो विषयलाई लिएर राजनीति दल नागरिक समाजबाट टिकाटिप्पणी हुन थालेको छ ! आम टीकापुर नगरवासिको पनि एउटै आवाज रहेको छ ! अतिक्रमण सार्वजनिक जग्गामा डोजर चल्नुपर्छ भनेर समर्थन गर्ने र नगर्ने हरुको सामाजिक संजालमा टिकाटिप्पणी देखिने गरेको छ ।
एउटा तप्का यसै बिषय लाई लिएर आफ्नो राजनीतिको स्वार्थकाे रोटि सेक्न दोहोरो चरीत्र देखाइ रहेका छन ! एउटा तप्काले भने अतिक्रमण सार्वजनिक जग्गामा डोजर चल्नुपर्छ,वास्तविक सुकुम्बासीको पहिचान गरि उहाँहरुको उचित व्यवस्थापन गरि नगरपालिकाको डोजर चल्नुपर्छ भनेर समर्थन जनाएका छ्न ।
त्यसैगरी टीकापुर नगरपालिका स्रोतलाई निजीकरण गर्न उपमेयरको ठाडो आदेशमा प्रक्रिया अघि बढाएका थिए भने उक्त प्रक्रियामा मेयरले आपत्ति जनाएपछि विचारधीनमा रहेको छ । द्वन्दकालका जनप्रतिनिधि नहुदा पशु हाट्बजार लाई संचालन गर्न व्यवस्थापन समिति मार्फत संचालनमा गरिएको थियो ।
२०७४ सालको स्थानीय निकायको निर्वाचन पछि निवर्तमान मेयर तपेन्द्र रावल निर्वाचित भएर आइसकेपछि,पशु हाटबजार नगरपालिकाको स्रोत भएको हुँदा, नगरपालिकाले आफ्नो स्वामित्वमा लिइ टेन्डर प्रक्रियामा अघि बढाएका थिए । टीकापुर पशु हाटबाजर टेन्डर प्रक्रियामा ल्याएपछि ३० लाख ९० हजारमा टेन्डर सम्झौता नगरपालिका संग भएको छ ! अहिले टेन्डर प्रक्रियामा जाँदा झण्डै ५० लाख भन्दा माथी हुन आउने सहजै अनुमान गर्न सकिन्छ ! नगरपालिकाको स्रोत निजिकरण गर्न कुन नीति नियमले दियो ? यसको जवाफ उपमेयरले टीकापुर नगरवासीलाई जवाफ दिनुपर्छ । निवर्तमान मेयर तपेन्द्र रावलको पालामा संचालनमा रहेको कृषि हाटबजार लाई रद्द गर्न टीकापुर एक नम्बरका वडा अध्यक्ष मोहन वि. क. लाई झुक्याएर हस्ताक्षर गर्न लगाइ वडा अध्यक्ष वि.क.को अनुपस्थितमा रद्द गर्ने निर्णय बाहिर आएको थियो । अध्यक्ष वि.क.ले आपत्ति जनाएपछि निर्णय सच्याइएको थियो ।
त्यस पछि २३ गतेको दिन मैले टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाही संग नगरपालिकाको विविध विषयमा चासो देखाउदै टेलिफोन सम्वाद गरेको थिएँ ।
टीकापुर नगरपालिका संग २ वटा स्कारपियाे हुदाहुदै किन फेरि ६० लाख बराबरको गाडी किन्ने प्रक्रिया अघि बढाउनु भएको भनेर सोधेको थिए ! हाकिम मंगल शाहिले भन्नू भो अनुगमन गर्न असहज भएको र एउटा गाडी पुरानो भएको हुँदा गाडिले नधान्ने भएपछि प्रक्रिया अगाडि बढाइएको भनेर जवाफ दिएका थिए । गाडी किन्ने विषयमा नगर प्रमुख रामलाल डगाैराले सुरुवात बाटै विमति राख्दै साे बजेटले विकासका लागि एक थान जेसिवि र ट्रयाक्टरकाे ट्रली किन्ने चाहना भएको देखिन्छ ।
मेयर संग विना छलफल गर्दै मनाेमानि ढंगले हाकिमले गाडी किन्ने तयारीमा रहेको खबर मेयरले आफुले प्रयोग गर्दै आएको स्कारपियाे गाडीको चाबि र ड्राइभरलाई हाकिम लाई गाडी प्रयोग गर्न का लागि निर्देशन भएको सुनिन आएको छ । यसरी जनताको जनमत बाट निर्वाचित जनप्रतिनिधिको अवमुल्यन गर्दै , कुनै समुदाय विशेषकाे मेयर भएकोले , कार्यपालिकामा बहुमत नभएकोले , यस्तै यस्तै मनाेविज्ञानले गर्दा कर्मचारी ट्रयाक भन्दा बाहिर जाने हो भने टिकापुरका विकास चाहने नगरवासि, युवा वर्गको पहरेदारि,खबरदारी आवश्यक छ । सुरुवाति समयमा म केही महिनामात्र यहाँ बस्ने हो भन्ने हाकिम अहिले आएर हेर्दा सबैलाई घुर्कि लगाउँदै आफ्नो कार्यकाल सक्ने योजनामा रहेको भनेर पनि आंकलन गर्न थालिएको छ । चाहे जनप्रतिनिधि चाहे कर्मचारी समन्वय गरेर टिकापुरकाे विकासका लागि अघि बढ्न जरुरी छ । जनतालाई मात्रै विकास चाहिएको छ ।गुटबन्दी ,छलकपट,जालझेल होइन विकासका लागि सल्लाह गरेर अघि बढेको सुनियोस् ।
टिकापुर नगरपालिका अनिर्णयको बन्दी नहाेस् ।


प्रकाशित : २०७९ मंसिर २५ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप