लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सामुदायिक सहकारी सत्तिकाे साधारणसभा सम्पन्न

सत्ति / टीकापुर ७ सत्ती स्थित सामुदायिक सहकारी सत्तिको २२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष हरि कार्किको अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा रहेका थिए ।
प्रमुख अतिथि डगाैराले देश विषम परिस्थितिमा स्थापना भएको सामुदायिक सहकारीले ग्रामीण किसानकाे जिवनस्तर सुधार्ने काममा ठूलो भुमिका खेलेको बताएका थिए ।
साविक धनसिंहपुर नारायणपुर क्षेत्र बाढिपिडित क्षेत्र भएकोले ठूला बैंकले यहाँ लगानी गर्न नखोजेको अवस्थामा सहकारीले लगानि गरेको बताएका थिए ।
सहकारी नाफा संगै सेवामुखि हुनुजाेड दिएका थिए । सहकारीका उपाध्यक्ष दिपक साउँदको स्वागत सङ्गै सुरुभएको कार्यक्रममा लक्ष्मी नारायण सहकारीका अध्यक्ष कपुरसिह कडायत , सामुदायिक सहकारिका पुर्बअध्यक्ष जङ्ग बहादुर साउद , सत्ति कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिह साउँद , नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समिति सदस्य भिम वि. क. , कालिका स्कुलका अध्यक्ष नृप कडायत ,नरेश्वर धमाला , सत्ति कृषि सहकारीका अध्यक्ष खडक भण्डारी ,शेयर सदस्य गगनसिह ठकुल्ला, जनता रामाबि बैदिका अध्यक्ष गोविन्द कोइराला, प्रहरी चौकि सत्तिका प्रमुख दिनेश बिष्ट , रेडक्रसका टाेप केसि , कोअप्रेटिभ्स क्लब कैलालीका अध्यक्ष छबिलाल जैशि , वडा नम्बर ६ का अध्यक्ष बलिराम चाैधरि,७ का अध्यक्ष यज्ञ न्याैपाने र ८ का अध्यक्ष दिर्घ ठकुल्लाले मन्तव्य राखेका थिए ।
भने कार्यक्रममा सहकारीको सेवा क्षेत्र विद्यालयका विद्यार्थी रेनुका साउँद , पुजा ढुङ्गाना ,प्रीतम चौधरी ,उत्कृष्ट कृषक बिनय चौधरी , होमनाथ आचार्य ,जित बहादुर खत्री जेष्ठ नागरिक नरेन्द्र रावल , जंगे बुढा , पुरुषाेत्तम रमानुदास थरुनि , मिरा भाट ,कस्तुरा कार्कि ,नखरि जैसि ,पदमा धामि , सागरा चौधरी र पुर्व कर्मचारी खम्ब ठकुल्लालाइ सम्मान गरिएको थियो।
सहकारीकाे शेयर पुजि १४ करोड २५ लाख ३ सय रुपैयाँ रहेको छ । संस्थाले १२ करोड १५ लाख ७७ हजार ४ सय ३१ रुपैयाँ निक्षेप संकलन गरि ७१ लाख ४४ हजार ९ सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सहकारीको महिला ६ सय ५२ , पुरुष १ हजार २ सय ६२ र संस्थापक ५ जना गरि १ हजार ९ सय १९ जना शेयर सदस्य रहेका छन्।
सहकारीको चुनावी साधारण सभा पनि भएकोले नेतृत्वका लागि सहमति जुट्न सकेको छैन ।
सहकार्य र समझदारीमा सर्वसम्मतरुपमा नेतृत्व चयनका लागि शेयर सदस्यले दवाव दिएका छन् ।


प्रकाशित : २०७९ पुष १८ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप