लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

पद्म प्रकाशेश्वर मन्दिरको साताैं चुनावी सभा सम्पन्न

सत्ति / टिकापुर ७ सत्ति स्थित पद्म प्रकाशेश्वर महादेव मन्दिर संरक्षण समितिको साताैं वार्षिक चुनावी साधारणसभा सम्पन्न भएको छ ।
बिहीबार बसेकाे मन्दिरको साधारणसभाले आगामी तीन वर्षका लागि विभिन्न पदमा नेतृत्व चयन गरेको छ ।
अध्यक्षमा विदुरलाल कायस्थ उपाध्यक्षमा नरेन्द्र नाथ सिंह सचिवमा भिम बहादुर विक र काेषाध्यक्षमा दिनेश कुमार वैद्य चयन भएका छन् ।
यस्तै गरि सदस्यहरुमा माधव आचार्य ,टेकबहादुर खड्का ,कविता चाैधरि,रम्भादेवि कडायत, गाैरवराज शाही ,शिलु खतिवडा र दिनेश बटाला चयन भएकाे अध्यक्ष विदुरलाल कायस्थले जानकारी दिए ।
सभाको प्रमुख अतिथि टिकापुर ७ का वडा अध्यक्ष यज्ञ न्याैपाने रहेका थिए भने विशिष्ट अतिथिमा टिकापुर नगर विकास समितिका पुर्व अध्यक्ष फकिरसिंह कडायत र वयोवृद्ध समाजसेवी माेहन बहादुर शाह रहेका थिए ।
कार्यक्रममा सामुदायिक सहकारी सत्तिका अध्यक्ष पल बहादुर बस्नेत , समाजसेवी साेम बहादुर थापा ,नरेश्वर धमाला लगायतका महानुभावले मन्तव्य राखेका थिए ।
लामो समय देखि मन्दिरको साधारणसभा हुन नसकेकोमा आजिवन सदस्यले गुनासो व्यक्त गरेका थिए । कार्यक्रममा ४ लाख १ हजार ५ सय ७४ रुपैयाँ २५ पैसाको आयव्यय प्रस्तुत गरिएको थियो भने २०७९/०८० काे लागि २ करोड ५६ लाख ६ हजार १९३ रुपैयाँ १४ पैसाको अनुमानित आयव्यय प्रस्तुत गरिएको थियो । पुरातात्त्विक महत्त्व बाेकेकाे मन्दिरमा कृष्ण जन्माष्टमि र महाशिवरात्रिमा ठूलो मेला लाग्ने गर्दछ ।मन्दिरमा
दुई सय २५ जना आजिवन सदस्य रहेका छन् । निवर्तमान मन्दिर व्यवस्थापन समितिले मन्दिरको व्यापक प्रचारप्रसारमा सक्रिय भएको र नयाँ चयन भएको समितिले पनि दिर्घकालिन योजना बनाएर धार्मिक पर्यटक भित्र्याउने योजना ल्याउनुपर्नेमा आजिवन सदस्यले जाेड दिएका थिए ।


प्रकाशित : २०७९ फाल्गुन १८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप