लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

घट्यो पेट्रोलियम पदार्थको मूल्य

सत्ति / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्नेछ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अप्रिल १ मा नयाँ मूल्यसूची पठाएको थियो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८६ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा घटेर आएको थियो । आईओसीले मार्च १५ मा पठाएको मूल्यमा पेट्रोल मा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।
आईओसीलाई बुझाउनुपर्ने बक्यौता र सरकारलाई तिर्नुपर्ने ऋणका कारण निगमले मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको थियो । ‘आइओसीको बक्यौता र सरकारी ऋणसहित अहिले पनि करिब १४ अर्ब दायित्व छ’ कार्यकारी निर्देशक थानीले भने, ‘उपभोक्तलाई केही राहत दिन अहिले मूल्य समायोजन गरेका छाैं ।


प्रकाशित : २०७९ चैत्र २० सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप