लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एकदिने एकीकृत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

सत्ति / टीकापुर नगरपालिका वडा नं.७ सत्तिमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सत्ती स्थित कर्णाली मा.वि.को प्राङ्गणमा शनिबार उक्त शिविर सम्पन्न भएको हो ।
शिविरमा ९५८ जना बिरामीलाई चेकजाँच र उपचार गरिएको सामुदायिक सहकारी संस्थाका सचिव किर्त बहादुर ठकुल्लाले जानकारी दिए । शिविरमा फिजिसियन मधु अर्याल द्वारा २८०,वसन्त सापकोटा द्वारा ३३३,स्त्रीरोग विशेषज्ञ कल्पना थापा द्वारा १२० र नाक ,कान घाँटी रोग विशेषज्ञ रवि स्वाँर द्वारा २२५ विरामिलाई सेवा प्रदान गरिएको उनलेे बताए ।

वेष्टर्न हस्पिटल प्रा.ली. नेपालगन्जका निर्देशक डा.राहुल थापाको नेतृत्वमा वरिष्ठ महिला तथा प्रसुति रोग विशेषज्ञ डा.कल्पना थापा,वरिष्ठ फिजिसियन डा.मधु आर्याल,हड्डी रोग विशेषज्ञ डा.वसन्त सापकोटा,नाक कान घाँटी रोग विशेषज्ञ डा.रवी स्वाँर,मेडिकल फिसर डा.विनोद प्याकुरेल, प्रयोगशाला विज्ञ विनय चन्द्र गुप्ता ,फार्मेसिष्ट -सन्तोष शर्मा,निसान्त बस्याल,बिष्णु पौडेल,स्टाफ नर्स आयुष्मा क्षेत्री र लक्ष्मी न्यौपाने गरि १२ जनाको टीमले शिविरमा सेवा दिएका थिए ।

उक्त शिविर वेष्टर्न हस्पिटल प्रा.ली नेपालगन्जको प्राविधिक सहयोग,सामुदायिक सहकारी संस्था लि र टीकापुर नगरपालिका वडा नं.७ को संयुक्त आयोजनामा संचालन भएको थियो ।


प्रकाशित : २०७९ चैत्र २६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप