लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

ना.उ.पा.द्वारा जेठ ६ देखि १० गते सम्म नेपाल बन्दको घोषणा

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा सार्वजनिक गरेको हो ।

रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा नबनाएर जन्मकैदको फैसला सदर भएको भन्दै पार्टीले आन्दोलनको घोषणा गरेको हो । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ३ ,४, ५ गते देश व्यापी रुपमा राँके जुलुसगर्ने भनिएको छ । लाल आयोग सार्वजनिक गर्नुपर्ने मागगर्दै आन्दोलनको तयारी गरिएको पार्टीका नेता दामोदर पंण्डितले बताउनुभयाे ।

पत्रकार सम्मेलनमा लक्ष्मण थारुले थारु समुदायको आन्दोलनलाई हिसात्मक जत्थाको रुपमा व्याख्या गरिएको आरोप लगाउनुभयाे । राजनीतिकरण आन्दोलनलाई राजनीतिकरण तरिकाले संवोधन गर्नुपथ्यो उनले भन्नुभयाे। फेरिपनि अदालतको निर्णयलाई स्वीकार गछौं । तर हाम्रो चित्त दुखाई छ । थुर्पै आन्दोलनका शिर्ष नेताहरु सत्तामा छन् तर थारुलाई भित्तामै धकेल्नेगरी अझै द्धन्द्धमा धकेल्नेरी षडयन्त्र गरिएको छ नेता थारुले थपे, यो दुर्भाग्यपूर्ण छ । रेशम चौधरीलाई फसाउने नियतले गरेको क्रियाकलाप प्रति हामी सहमत छैनौं ।

पार्टीले सरकारलाई तीन दिनको अल्टिमेट दिएको छ । तीन दिन भित्र लाल आयोगको प्रतिवेदन, संसदिय समितिको प्रतिवेदन सार्वजनिक नभए हामी आन्दोलनमा जाने पार्टीका नेताहरुले बताएका छन् । कसैले हाम्रो माग संवोधन भएन भने सरकारलाई दिएको समर्थनबारे सोच्न बाध्य हुनेछौं पत्रकार सम्मेलनमा नेता लक्ष्मण थारुले भन्नुभयाे ।


प्रकाशित : २०८० जेष्ठ ३ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप