लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सुवास नेम्वाङको हृदयघात बाट मृत्यु शव श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा राखिने

काठमाडौ / नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको शव आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ।
भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का सांसद महेश बस्नेतले जानकारी दिए। उनका अनुसार नेम्वाङको शब अहिले ७ बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालय लगिँदै छ।
‘आज र भोलि श्रद्धाञ्जलीका लागि शव पार्टी कार्यालयमा राखिने छ। भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार हुन्छ,’ उनले सेतोपाटीसँग भने।

संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम—२ बाट निर्वाचित सांसद थिए। एमालेका संसदीय दलका उपनेता रहेका उनको मंगलबार बिहान १ बजे निधन भएको उनले बताए।
उनको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। हृदयघात भएका उनलाई राति नै गंगालाल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। सांसद बस्नेतका अनुसार नेम्वाङ शनिबार धरानमा युवा संघको सम्मेलनमा सहभागी भएका थिए। आइतबार पनि दिनभर सिंहदरबारमै थिए। सोमबार चाहिँ असहज महसुस भएको भन्दै घरमा बसेको उनले बताए।


प्रकाशित : २०८० भाद्र २६ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप